बाढी प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न बाल अधिकार परिषद्को आग्रह

  • Technology Khabar | १६ भाद्र २०८३, मंगलवार
बाढी प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न बाल अधिकार परिषद्को आग्रह

काठमाडौं ।

राष्ट्रिय बाल अधिकार परिषद्ले बाढी प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा पोस्ट नगर्न आग्रह गरेको छ।

परिषद्ले हालै एक विज्ञप्ति जारी गरी भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराइएको भिडियो तथा फोटो फेसबुक, मेसेन्जर, यूट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिंक्डइन, थ्रेड, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप, एक्स/ट्विटरसहितका सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा पोस्ट नगर्न आग्रह गरेको हो।

परिषद्ले बालबालिकाको गोपनीयता र मर्यादाको सम्मान तथा पालना गर्नसमेत अनुरोध गरेको छ। पीडित तथा प्रभावित बालबालिकाको भिडियो तथा फोटो पोस्ट गर्दा उनीहरूको गोपनीयता र मर्यादामा असर पर्न सक्ने भएकाले यस्तो सामग्री सार्वजनिक नगर्न परिषद्ले आग्रह गरेको हो।

प्रकाशित: १६ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार