काठमाडौं ।
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी स्थगित गरिएको छ।
मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्राइभेट लिमिटेड तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट् प्राइभेट लिमिटेडको संयुक्त आयोजनामा भदौ १९ देखि २१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने तय भएको उक्त प्रदर्शनी हालका लागि स्थगित गरिएको हो।
कम्पनीले हाल नेपालमा आएको विनाशकारी बाढी पहिरोका कारण सिंगो देश अत्यन्तै कठिन र दुःखी परिस्थितिबाट गुजरिरहेको समयमा प्राकृतिक विपत्तिले पुर्याएको ठूलो जनधनको क्षति र नागरिकहरूले भोग्नुपरेको अपार कष्टका बिच व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु मानवीय दृष्टिकोणले उचित नदेखिने बताएको छ।
देश राष्ट्रिय शोक र पुनर्निर्माणको यस संवेदनशील घडीमा हुनुका साथै नेपाल सरकारद्वारा जारी सुरक्षा सचेतना तथा भारत र चीन सरकारले आफ्ना नागरिकहरूका लागि जारी गरेको यात्रा सचेतनालाई ध्यानमा राख्दै आयोजकले यो निर्णय लिएको हो।
कम्पनीले अवस्था सामान्य भई यातायात र पूर्वाधार सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक गर्ने बताएको छ।
प्रकाशित: १५ भाद्र २०८३, सोमबार