डिजिटल क्यामराको आयात बढ्दो, साउन महिनामा मात्र ५ करोड बढीको आयात

  • Technology Khabar | १२ भाद्र २०८३, शुक्रबार
डिजिटल क्यामराको आयात बढ्दो, साउन महिनामा मात्र ५ करोड बढीको आयात
एआईमा्र्फत् बनाइएङ्को सांकेतिक तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो महिना २०८३ साउन मसान्तसम्म नेपालमा ५ करोड बढीको १ हजारभन्दा बढी थान डिजिटल क्यामरा आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा डिजिटल क्यामरा आयात वृद्धि हुँदै गइरहेको पाइएको हो।

२०८३ साउन मसान्तसम्म समग्रमा ५ करोड ५६ लाख ३१ हजार रुपैयाँ बराबरको डिजिटल क्यामरा आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको १ हजार ६९६ थान डिजिटल क्यामरा आयात भएको विवरणमा उल्लेख छ।

यस अवधिमा सरकारले डिजिटल क्यामराको आयातबाट १ करोड ३ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा १२ मुलुकबाट डिजिटल क्यामरा आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

यसरी आयात भएका डिजिटल क्यामराहरुलाई हाइ स्पीड, रेडियशन हार्डेन्ड र अन्यमा वर्गीकरण गरिएको छ।

अन्य इलेक्ट्रोनिक्स सामानजस्तै नेपालमा सबैभन्दा धेरै डिजिटल क्यामरा चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट ३ करोड १८ लाख ९ हजार रुपैयाँ बराबरको १ हजार ४६९ थान डिजिटल क्यामरा आयात भएको छ।

यसैगरी भारतबाट ९३ हजार रुपैयाँ बराबरको १०२ थान र जापानबाट ४२ लाख ६६ हजार मूल्य बराबरको ४५ थान डिजिटल क्यामरा आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ।

यसबाहेक विश्वका अन्य मुलुकबाट पनि यो अवधिमा विभिन्न परिमाण र रकमका डिजिटल क्यामराहरु भित्रिएका छन्। विवरण यस्तो छः

क्रं स देश विवरण (थान) रकम (हजारमा)
१ चीन १४६९ ३१८०९
२ भारत १०२ ९३
३ सं रा अमेरिका १० ८८१७
४ जर्मनी १ ४४
५ बेलायत १ ७४
६ ताइवान ९ ४८६
७ जापान ४५ ४२६६
८ थाइल्याण्ड ५० ९३२०
९ मलेसिया २ २३
१० हङ्कङ २ ३६
११ रोमानिया २ २२

 

प्रकाशित: १२ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार