दिपल एस०५ म्याक्स नाडा अटो शो २०२६ मा ६१ लाख ४९ हजादेखि उपलब्ध

  • Technology Khabar | १० भाद्र २०८३, बुधबार
दिपल एस०५ म्याक्स नाडा अटो शो २०२६ मा ६१ लाख ४९ हजादेखि उपलब्ध

काठमाडौं ।

नेपालका लागि दिपल ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्प प्राइभेट लिमिटेडले नाडा अटो शो २०२६ को अवसरमा दिपल एस०५ म्याक्स भेरियन्टका लागि विशेष मूल्य घोषणा गरेको छ।

नेपालको सर्वाधिक बिक्री हुने लक्जरी ईभी अब ६१ लाख ४९ हजारदेखि उपलब्ध हुनेछ। यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म लागू हुनेछ।

कम्पनीका अनुसार, दिपल एस०५ म्याक्सले लक्जरी, स्टाइल र इन्टेलिजेन्ट टेक्नोलोजीको उत्कृष्ट सन्तुलन प्रस्तुत गर्छ। यसको आकर्षक बाहिरी डिजाइनमा सफा र भविष्यवादी प्रोफाइल तथा फ्रेमलेस ढोकाहरू समावेश छन्।

त्यस्तै, यसको प्रिमियम क्याबिनले प्रत्येक यात्रालाई आरामदायी र परिष्कृत बनाउँछ। रिमोट स्मार्ट इन्टर्‍याक्सन अर्बिट (आरएसआईओ), एआर हेड–अप डिस्प्ले र इन्टेलिजेन्ट क्विन को–पाइलट सिटजस्ता अत्याधुनिक प्रविधिले दैनिक ड्राइभिङलाई अझ सुविधाजनक, सहज र आनन्ददायी बनाउँछन्।

नाडा अटो शोका लागि घोषणा गरिएको विशेष मूल्यले प्रिमियम इलेक्ट्रिक एसयूभीमा अपग्रेड गर्न चाहने ग्राहकका लागि दिपल एस०५ म्याक्सलाई अझ आकर्षक विकल्प बनाएको छ। लक्जरी, इन्टेलिजेन्ट टेक्नोलोजी, विशिष्ट डिजाइन र दैनिक प्रयोगमा आवश्यक व्यावहारिकताको संयोजनसहित एस०५ म्याक्सले नेपालको तीव्र रूपमा विस्तार भइरहेको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरिरहेको कम्पनीले बताएकाे छ।

प्रकाशित: १० भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...