ग्यालेक्सी एस२६ अल्ट्रामा देखिएको रातो टिन्टको समस्या समाधान गर्ने अपडेट यो महिनाको अन्त्यमा आउन सक्ने

  • Technology Khabar | ८ भाद्र २०८३, सोमबार
ग्यालेक्सी एस२६ अल्ट्रामा देखिएको रातो टिन्टको समस्या समाधान गर्ने अपडेट यो महिनाको अन्त्यमा आउन सक्ने
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

गत महिना सामसङले केही अवस्थामा ग्यालेक्सी एस२६ अल्ट्राको डिस्प्लेमा रातो टिन्ट देखिने रिपोर्टलाई स्वीकार गर्दै यसको समाधान गर्ने बताएको थियो।

कम्पनीले यो समस्या हार्डवेयरमा नभई सफ्टवेयरमा रहेको बताएको थियो। सामसङको कोरियास्थित ग्राहक सहायता टोलीका अनुसार उक्त समस्या समाधान गर्ने अपडेट यो महिनाको अन्त्यसम्ममा आउनेछ।

सामसङ कम्युनिटी फोरमका एक प्रयोगकर्ताले ग्राहक सहायता टोलीसँग भएको कुराकानीको स्क्रिनसट पोस्ट गरेका छन्। उक्त कुराकानीमा समस्या समाधान गर्ने अपडेटको हाल प्रमाणीकरण विभागले परीक्षण गरिरहेको बताइएको छ।

फोनलाई उज्यालो वातावरणमा प्रयोग गर्दा डिस्प्लेका लागि प्रयोग गरिएको क्यालिब्रेसन मान सही नभएका कारण रातो टिन्ट देखिएको थियो। सफ्टवेयर अपडेटले डिस्प्लेको क्यालिब्रेसनलाई सुधार गर्नेछ।

यो सफ्टवेयर केही दिनभित्रै जारी हुने अपेक्षा गरिएको छ। यसलाई यो महिनामा रोलआउट हुने अर्को ओभर द एयर फर्मवेयर अपडेटमार्फत उपलब्ध गराउने तयारी छ।

अर्का एक प्रयोगकर्ताले पनि ग्राहक सहायता टोलीसँग सम्पर्क गरेका थिए र लामो तर कम आशावादी जवाफ पाएका छन्।

उक्त जवाफले पनि यो समस्या क्यालिब्रेसनसँग सम्बन्धित रहेको पुष्टि गरेको छ। सामसङको सेवा केन्द्रमा गएर पनि समस्या समाधान गर्न सकिने र कम्पनीले सफ्टवेयर समाधानमा काम गरिरहेको बताइएको छ। तर उक्त अपडेट कहिले जारी हुन्छ भन्नेबारे कम्पनीले कुनै निश्चित समय भने दिएको छैन।

प्रकाशित: ८ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार