चालु आर्थिक वर्षको पहिलो महिनामा झण्डै ५ करोड मूल्य बराबरको स्मार्टवाच आयात

  • Technology Khabar | ८ भाद्र २०८३, सोमबार
चालु आर्थिक वर्षको पहिलो महिनामा झण्डै ५ करोड मूल्य बराबरको स्मार्टवाच आयात
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउन मसान्तसम्म नेपालमा झण्डै ५ करोड रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्यांकमा यस्तो उल्लेख छ।

यो अवधिमा ४ करोड ९८ लाख ७६ हजार मूल्य बराबरको १० हजार ४५ थान स्मार्टवाच आयात भएको छ। साउन मसान्तसम्म स्मार्टवाचका लागि यो रकम देशबाहिर जाँदा सरकारले १ करोड १४ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा नेपालमा विश्वका ११ मुलुकबाट स्मार्टवाच आयात भएको देखिन्छ।

२०८३ साउन मसान्तसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै ९ हजार १६७ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ३ करोड ३६ लाख ३२ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट २८ लाख १७ हजार बराबरको ५१७ थान र भियतनामबाट १ करोड ३१ लाख २१ हजार बराबरको ३०० थान स्मार्टवाच भित्रिएको छ।विवरण यस्तो छ:

क्र. सं. देश परिमाण रकम
१ बेल्जियम २ १
२ चीन ९१६७ ३३६३२
३ भारत ५१७ २८१७
४ क्यानडा १ १४
५ कतार ४ ०
६ मलेसिया १ ०
७ कोरिया ९ २२४
८ यूएई ४० ४
९ थाइल्याण्ड २ ५०
१० अमेरिका २ १३
११ भियतनाम ३०० १३१२१

प्रकाशित: ८ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...