रिगो टेक्नोलोजिजले सार्वजनिक गर्यो ‘रिगो जब्स’, कर्मचारी भर्ती प्रक्रिया अब एउटै प्रणालीबाट

  • Technology Khabar | ४ भाद्र २०८३, बिहीबार
रिगो टेक्नोलोजिजले सार्वजनिक गर्यो ‘रिगो जब्स’, कर्मचारी भर्ती प्रक्रिया अब एउटै प्रणालीबाट

काठमाडौं ।

रिगो टेक्नोलोजिजले कर्मचारी भर्ती प्रक्रियालाई व्यवस्थित र सहज बनाउन ‘रिगो जब्स’ सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो आधुनिक र लचिलो कर्मचारी छनोट तथा आवेदक व्यवस्थापन प्रणाली हो। यसले साना व्यवसायदेखि ठूला संस्थासम्मका कर्मचारी भर्ती प्रक्रियालाई व्यवस्थित र सरल बनाउन सहयोग गर्छ।

विगत १६ वर्षदेखि मानव संसाधन प्रविधिको क्षेत्रमा काम गर्दै आएको रिगो टेक्नोलोजिजले कर्मचारी भर्ती प्रक्रियामा बारम्बार एउटै समस्या देख्दै आएको जनाएको छ। कर्मचारी भर्तीका विभिन्न चरणलाई जोड्ने एउटै प्रणाली नहुँदा रोजगारदाताले योग्य उम्मेदवारसमेत गुमाउनुपर्ने अवस्था रहेको कम्पनीको भनाइ छ।

अर्कोतर्फ, उम्मेदवारले रोजगारीका लागि आवेदन दिएपछि लामो समयसम्म जवाफको प्रतीक्षा गर्नुपर्ने अवस्था रहँदै आएको छ। आवेदनको अवस्था के छ भन्नेबारे समेत जानकारी नपाउने समस्या उम्मेदवारले भोग्दै आएका छन्।

कम्पनीका अनुसार ‘रिगो जब्स’ ले रोजगारदाता र उम्मेदवारलाई सहज रूपमा जोड्ने काम गर्छ। कर्मचारी छनोट टोलीले मोबाइल एप वा वेब पोर्टलमार्फत आफ्नो रोजगारीको अवसर सार्वजनिक गर्न तथा प्राप्त आवेदन सहज रूपमा व्यवस्थापन र अनुगमन गर्न सक्छन्।

हरेक पदको आवश्यकता अनुसार संस्थाले रिगो जब्समा आफूअनुकूल आवेदन फाराम र कर्मचारी छनोटको ढाँचा तयार गर्न सक्छन्। आवेदन फाराममा आवश्यक विवरण तथा प्रश्नहरू राख्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

उम्मेदवारले सजिलै आफ्नो परिचयपत्र तयार गरी मोबाइल एप वा वेब पोर्टलमार्फत आफूलाई आवश्यक रोजगारी खोजेर आवेदन दिन सक्छन्। उनीहरूले आफ्नो आवेदनको अवस्थाबारे जानकारी लिन सक्नेछन् भने मोबाइल एपमार्फत कम्पनीले सोधेका प्रश्नको जवाफसमेत दिन सक्नेछन्।

प्रकाशित: ४ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...