‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मस्यौदामाथि राय तथा सुझाव दिने म्याद भोलिसम्म

  • Technology Khabar | ३१ श्रावण २०८३, आईतवार
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मस्यौदामाथि राय तथा सुझाव दिने म्याद भोलिसम्म

काठमाडौं ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले ‘प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक’ नीतिको हालै बनेको मस्यौदामाथि आफूलाई लागेका सुझाव, राय उपलब्ध गराउने म्याद भोलि भदौ १ गतेसम्म रहेको छ।

मन्त्रालयले सम्बन्धित सरोकारवाला सबै र सर्वसाधारणलाई ७ (सात) दिनभित्र राय सुझाव उपलब्ध गराउन आग्रह गर्दै गत हप्ता साउन २५ गते १८ पृष्ठ र १३ परिच्छेदको मस्यौदा वेबसाइटमा सार्वजनिक गरेको थियो।

मन्त्रालयले सूचनामा उल्लेख गरे अनुसार निम्न समस्याहरु सम्बोधनको लागि विधेयक तर्जुमा गरिएको हो:

विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई छरिएर रहेको अवस्थाबाट एकीकृत राष्ट्रिय प्रणालीमा रूपान्तरण गर्न, अनुसन्धान र उत्पादनबीच पर्याप्त सम्बन्ध स्थापित गरी उत्पादकत्व वृद्धि गर्न साथै अनुसन्धानमा दीर्घकालीन तथा पर्याप्त लगानी वृद्धि गर्दै जान, अनुसन्धान र प्रविधि विकासलाई व्यावसायीकरण तथा प्रविधि हस्तान्तरण गर्न यो विधेयक तयार गर्नुपरेको हो।

त्यस्तै वैज्ञानिक तथा प्राविधिक जनशक्तिको स्वदेशमै उपयोग बढाउन, विश्वविद्यालय, अनुसन्धान संस्था, सरकार र उद्योगबीच सहकार्य र संजालीकरण गर्न, अनुसन्धानका परिणामको प्रभावकारी अभिलेखीकरण तथा उपयोग गर्न, नवप्रवर्तन तथा स्टार्टअपका लागि पर्याप्त संस्थागत आधार तयार गर्नका लागि पनि यो विधेयक ल्याइएको हो।

त्यसैगरी अनुसन्धान तथा नवप्रवर्तनमैत्री पारिस्थितिकीय प्रणाली विकास गर्न र लगानी प्रवर्द्धन गर्न, विज्ञान तथा प्रविधि तथा नवप्रवर्तन विधेयकले विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धान र विकासका लागि मन्त्रालय अन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन केन्द्र स्थापना गरी प्रविधि प्रसार गर्नका लागि विधेयक तर्जुमा गर्न परेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Nepal Launches Galaxy Z Fold8 Series with Galaxy AI and a Smarter Ownership Ecosystem

  • Technology Khabar
  • ३१ श्रावण २०८३, आईतवार