काठमाडौं ।
जेएसडब्लु एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्राइभेट लिमिटेडले नाइमा मोबिलिटि एक्स्पो २०२६ मा नयाँ एमजी म्याजेस्टर सार्वजनिक गरेको छ।
एमजी म्याजेस्टर हालसम्म नेपालमा सार्वजनिक गरिएको एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एमजी एसयूभी हो।
एमजी म्याजेस्टर भारतको पहिलो डि प्लस एसयूभी हो, जुन परम्परागत फुल साइज एसयूभी भन्दा माथिल्लो सेग्मेन्टमा पर्छ। यसले नेपाल एमजी का लागि प्राथमिकतापूर्ण बजार रहेको र गो अटोमोबाइल्स नेपाली ग्राहकलाई एमजी को पूर्ण ग्लोबल लाइनअप उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
‘एमजी म्याजेस्टर अरूसँग प्रतिस्पर्धा गर्न आएको होइन — यसले आफ्नै श्रेणी निर्माण गरिरहेको छ। यो कम्प्याक्ट एसयूभी वा सामान्य ७ सीटर सँग प्रतिस्पर्धा गर्दैन। नेपाली सडकमा यसले आफैंमा एउटा प्रभावशाली उपस्थितिको प्रतिनिधित्व गर्छ।’
एमजी म्याजेस्टर चल्नुअघि नै आफ्नो प्रभाव छोड्छ। ५ मिटरभन्दा बढी लम्बाइ, २ मिटरभन्दा बढी चौडाइ र करिब १।९ मिटर उचाइ भएको यसको प्रभावशाली आकारले सडकमा असाधारण उपस्थितिको अनुभूति गराउँछ।
२१९ मिमी ग्राउण्ड क्लियरेन्स तथा २६५ र ५५ आर१९ अल टेरेन टायर्सले यसलाई नेपालको विविध भूगोलका लागि उपयुक्त बनाउने ।
एमजी म्याजेस्टर मा २.० एल टुइन टर्बो डिजेल इन्जिन जडान गरिएको छ, जसले २१५.५ पिएस पावर र ४७८.५ एनएम टर्क उत्पादन गर्छ। यसलाई स्मुथ ८ स्पीड अटोमेटिक ट्रान्समिसन सँग जोडिएको छ।
‘तराईका समथर भूभागदेखि हिमाली ट्रेलसम्म — नेपालले प्रस्तुत गर्ने हरेक सडकका लागि म्याजेस्टर तयार छ।’
क्याबिन मा ६ सिटर कन्फिगरेसन उपलब्ध छ, जसमा दोस्रो पङ्क्तिमा क्याप्टेन सिट्स रहेका छन्। यसले फस्ट क्लास कम्फट चाहने ग्राहकका लागि विशेष अनुभव प्रदान गर्छ। परिवार र व्यावहारिकताका लागि ७ सिटर कन्फिगरेसन पनि उपलब्ध छ।
गो अटोमोबाइल्सले प्रत्येक एमजी म्याजेस्टरमा ५ वर्ष वा १,००,००० किलोमिटर वारेन्टि तथा नेपालभर २४एक्स रोडसाइड असिस्टेन्स उपलब्ध गराएको छ।
‘हामी नेपालमा केवल गाडी बिक्री गरिरहेका छैनौं। हामी एउटा यस्तो इकोसिस्टम निर्माण गरिरहेका छौं, जहाँ प्रत्येक एमजी ग्राहकले आफू जहाँसुकै ड्राइभ गरे पनि विश्वस्तरीय सपोर्ट प्राप्त गर्न सकून्।’
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बुक गर्ने प्रत्येक ग्राहकले विशेष छुट प्राप्त गर्ने छन्।
‘एमजी म्याजेस्टर केवल एउटा गाडी होइन। यो तपाईं को हुनुहुन्छ भन्ने कुराको अभिव्यक्ति हो, यस्तो व्यक्ति, जसले उत्कृष्टताको माग गर्छ, कुनै सम्झौता गर्न अस्वीकार गर्छ र उदाहरण प्रस्तुत गर्दै नेतृत्व गर्छ।