कम्युनिटी टेक मेन्टरसिप कार्यक्रम सञ्चालनका लागि टेक्स्पायर कलेज र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता

  • Technology Khabar | २७ श्रावण २०८३, बुधबार
कम्युनिटी टेक मेन्टरसिप कार्यक्रम सञ्चालनका लागि टेक्स्पायर कलेज र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता

काठमाडौं ।

टेक्स्पायर कलेज र कागेश्वरी मनोहरा नगरपालिकाबीच कम्युनिटी टेक मेन्टरसिप कार्यक्रम सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

विद्यालय शिक्षालाई आधुनिक प्रविधि र उद्योगसँग जोड्दै विद्यार्थीहरूमा आवश्यक डिजिटल सीप, आत्मविश्वास तथा भविष्यका अवसरबारे जानकारी अभिवृद्धि गर्ने उदेश्य सहित हस्ताक्षर भएको हो।

स्थानीय सरकार, सामुदायिक विद्यालय तथा उद्योग क्षेत्रसँगको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमले नेपालभरका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई गुणस्तरीय प्रविधिमूलक सिकाइँको पहुँच विस्तार गर्ने उद्देश्य राखेको छ।

परियोजनामूलक सिकाइ, अन्तरक्रियात्मक कार्यशाला, उद्योग विज्ञहरूको मेन्टरसिप, करियर मार्गदर्शन तथा प्रविधि सचेतना कार्यक्रममार्फत विद्यार्थीहरूलाई व्यवहारिक अनुभव प्रदान गरिनेछ। यसले विद्यार्थीहरूमा समस्या समाधान गर्ने क्षमता, डिजिटल साक्षरता तथा नवप्रवर्तनशील सोचको विकास गर्न सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ।

कार्यक्रमको पहिलो चरण कागेश्वरी मनोहरा नगरपालिकाभित्रका छनोट गरिएका सामुदायिक विद्यालयहरूबाट सञ्चालन गरिनेछ भने आगामी चरणहरूमा अन्य स्थानीय तह तथा विद्यालयहरूमा समेत विस्तार गर्दै लैजाने योजना रहेको छ।

प्रकाशित: २७ श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...
Desktop Popup ImageMobile Popup Image×