काठमाडौं ।
हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको कम्पनी डोङफेङ द्वारा उत्पादित बसहरूे नाईमा अटो एक्स्पोमा सार्वजनिक भएको छ। कम्पनीले हाल दुईवटा बसको मोडल सार्वजनिक गरेको हो।
अटो एक्स्पोमा ७.२ मिटरका कम्फार्टबस २५+१ र सिटि बस २७+१ सीट क्षमताका बसहरू सार्वजनिक गरेको छ जस्को मल्य १ करोड १४ लाख ५० हजार देखी शुरु हुनेछ। जस्मा यस नाईमा अटो एक्स्पोमा बुक गर्ने पहिलो ५० ग्राहक महानुभावहरुलाई पाँच लाख बिशेष छुटको ब्यवस्था गरेको छ ।
यसको वारेन्टी ५बर्ष वा २ लाख किलो मिटर दिईएको छ भने ग्राहकले थप ३ बर्षको एक्स्टेन्डेड वारेन्टि समेत खरिद गरी लिन सक्ने कम्पनीले बताएको छ।
हाल सार्वजनिक गरिएको बस बिना एयरकन्डिसन रहेको तर ग्राहकको माग बमोजिम थप एयरकन्डिसन समेत खरिद गरी लिन सक्ने छन्।
यसैगरी लक्जरी सीट पनी ग्राहकको माग बमोजिम खरिद गरी लिन सकिने छ भने बसको प्रबेश द्वार पनी ग्राहकको माग बमोजिम एक बा दुई निशुल्क जडान गर्न सकिने छ तर दुई द्वार भएमा दुई वटा सिट घट्ने कम्पनिले बताएको छ।
साथै यस कम्पनीले निकट भविष्यमा यसै कम्पनीका ७.२ मिटरका स्कुल बस, ९ मिटरको ३८ सिट र १२ मिटरका ५२ सिट क्षमता भएका बसहरू पनि नेपाल ल्याउन लागेको कम्पनीले जानकारी गराएको छ। हिमालय अर्गनाइजेसन अन्तर्गतका विभिन्न कम्पनीहरूले नेपालका विभिन्न सहरहरूमा रहेका आफ्ना शाखा तथा डिलरहरू मार्फत उपलब्ध गराइने जानकारी समेत दिएको छ।
प्रकाशित: २७ श्रावण २०८३, बुधबार