नाइमा नेपाल मोबिलिटि एक्सपोमा प्रोटोन इ.मास ५ को विशेष आकर्षणको हब

  • Technology Khabar | २७ श्रावण २०८३, बुधबार
नाइमा नेपाल मोबिलिटि एक्सपोमा प्रोटोन इ.मास ५ को विशेष आकर्षणको हब

काठमाडौं ।

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटि एक्सपो २०२६ मा विशेष आकर्षणको केन्द्र बनेको छ।

एक्स्पोमा हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा नयाँ इ.मास ५ लाई नजिकबाट अवलोकन तथा बुकिङ गर्न सकिनेछ। सार्वजनिक भएसँगै अत्यधिक मात्रामा बुकिङ भइरहेको छ। यस एक्सपोमा पनि ग्राहकहरू तथा अटो पारखीहरूको व्यापक ध्यान खिचिरहेको छ।

सेग्मेन्टमै पहिलोपटक रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको छ। यी विशेषताले व्यस्त सहरी सडकदेखि राजमार्ग र नेपालको पहाडीसडकमा पनि सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको विश्वास रहेको छ।

आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको इ.मास ५ मा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधा उपलब्ध छन्। यसमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज, आफ्नो वर्गमै विशेष २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज तथा २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज समावेश गरिएको छ। यी सुविधाले दैनिक प्रयोगका सामग्री व्यवस्थित रूपमा राख्न तथा गाडीभित्रको स्थानको प्रभावकारी उपयोग गर्न सकिने कम्पनीले जनाएको छ।

अन्य विशेषताहरूमा रियर मल्टि–लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन, ३७५ लिटरको बुट स्पेस, १४.६ इन्चको फुलएचडी डिस्प्ले युनिट, ३६.९ मिटरको उत्कृष्ट ब्रेकिङ दुरी, र जि–ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्ता अत्याधुनिक सुरक्षा प्रणाली समावेश गरिएको छ।

त्यसैगरी यसमा ४.९५ मिटरका टर्निङ रेडियस, सेग्मेन्टमै पहिलो रियर–ह्विल ड्राइभ प्रणाली, ६५ डिग्रीको फराकिलो डोर ओपनिङ एंगल, र बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल–टु–लोड (भिटुएल) जस्ता प्रविधिहरू उपलब्ध छन्। त्यस्तै यसको प्रिमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको ११–इन–१ इलेक्ट्रिक मोटर र पावर्ड टेलगेट, ३६०–डिग्री क्यामेरा जस्ता उत्कृष्ट सुविधाहरू रहेका छन्।

प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध रेहको छ। कम्पनीले यसको अद्यावधिक बजार मूल्य प्राइम भेरियन्टका लागि ३२.९९ लाख र प्रिमियम भेरियन्टका लागि ३६.९९ लाख निर्धारण गरेको छ।

प्रकाशित: २७ श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...
Desktop Popup ImageMobile Popup Image×