जिपिएस ट्र्याकर डिभाइसमा सरकारी निशान छाप लगाएर बेच्ने एक युवा पक्राउ

  • Technology Khabar | २६ श्रावण २०८३, मंगलवार
जिपिएस ट्र्याकर डिभाइसमा सरकारी निशान छाप लगाएर बेच्ने एक युवा पक्राउ
बिङ एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

चीनबाट आयातित जिपिएस ट्र्याकर डिभाइसमा सरकारी निशान छाप लगाएर छापको दूरूपयोग गरि बेचेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त प्रकरणमा एक जना युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा रौतहट घरभई हाल काठमाडौं वडा नम्बर २२ टेवहालमा बस्ने २९ वर्षीय दिपेन्द्र कर्माचार्य छन्।

उनले सरकारको स्वीकृति नलिई व्यापारिक प्रयोजनका लागि चीनबाट आयातित जिपिएस ट्र्याकर डिभाइसलाई सरकारी मान्यता प्राप्त भनेर प्रचार गरेका थिए।

यसका साथै सो डिभाइसमा उनले सरकारी निशान छाप लगाई निशान छापको दुरूपयोग गरेको आरोप छ।

उनका साथबाट प्रहरीले निशान छाप सहितको ५२ ओटा जिपिएस ट्र्याकर डिभाइस समेत बरामद गरेको जनाएको छ।

प्रकाशित: २६ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार