काठमाडौं ।
एभरेस्ट इन्जिनियरिङ कलेजमा इन्टरनेश्नल कन्फ्रेन्स अन आर्टिफिसिएल इन्टेलिजेन्स इन कम्प्युटेसनल साइन्स एण्ड इन्जिनियरीङ २०२६ (आइसी एआइसीएसई–२६) आयोजना गर्ने तयारी सुरु भएको छ।
आइसी एआइसीएसई–२६ आगामी ७ अक्टोबर २०२६ (२१ असोज २०८३) मा काठमाडौंमा आयोजना हुँदैछ। सम्मेलनको सफल आयोजनाका लागि हालसम्म भएका तयारीको समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल गर्न आज सम्मेलन सल्लाहकार समितिका सदस्यहरूबीच बैठक सम्पन्न भएको हो।
एभरेष्ट इन्जिनियरिङ कलेजले हिष्ट इन्जिनियरिङ कलेजको सह–आयोजनामा उक्त अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो।
नेपाल इन्जिनियरिङ परिषद्ले यस सम्मेलनलाई आफ्नो कन्टिन्युइङ प्रोफेन्सनल डेभप्लमेन्ट (सिपिडी) मूल्याङ्कन प्रणालीअन्तर्गत मान्यता प्रदान गरेको छ। सम्मेलनमा शोधपत्र प्रस्तुत गर्ने प्रत्येक प्रस्तोताले एक घण्टाको सिपिडी बराबरको क्रेडिट प्राप्त गर्नेछन्।
सम्मेलनका लागि आयोजकले हालसम्म ५० भन्दा बढी शोधसार प्राप्त गरिसकेको छ। प्राप्त शोधसारमध्ये भारत, नाइजेरिया, पाकिस्तान, सिंगापुर, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालगायतका देशबाट समेत सहभागिता रहेको छ। सम्मेलनमा प्रस्तुत गरिएका उत्कृष्ट शोधलेखहरू डिओआई सहित एभरेष्ट इन्जिनियरिङ कलेजको अर्धवार्षिकरुपमा प्रकाशन हुने पेशागत जर्नल इस्टमा प्रकाशित हुने जनाइएको छ।
प्रकाशित: २७ श्रावण २०८३, बुधबार