काठमाडौं ।
नेपालमा गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा साढे ४८ अर्बभन्दा बढीको २२ लाख ६७ हजारभन्दा बढी स्मार्टफोन आयात भएको छ।
भन्सार विभागले हालै जारी गरेको आर्थिक वर्ष २०८२/८३ को समग्र वैदेशिक व्यापारको तथ्यांक अनुसार ४८ अर्ब ६९ करोड ३४ लाख ७४ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको पाइएको हो।
भर्खरै सकिएको आर्थिक वर्षमा उक्त रकम बराबरको २२ लाख ६७ हजार ४१९ थान स्मार्टफोन आयात भएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा समग्रमा ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ बराबरको २१ लाख ८४ हजार ६९४ थान स्मार्टफोन आयात भएको थियो।
तुलनात्मक रुपमा हेर्दा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा १३ अर्ब १४ करोड ६० लाख ९२ हजार बराबरको ८२ हजार ७२५ थान बढी स्मार्टफोन आयात भएको देखिन्छ।
नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा चीनबाट २४ अर्ब ९१ करोड ४३ लाख ८७ हजार रुपैयाँ बराबरको १७ लाख ५१ हजार ८२३ थान स्मार्टफोन आयात भएको थियो।
गत आर्थिक वर्षमा भने चीनबाट ३६ अर्ब ७९ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको १८ लाख ८९ हजार ६६४ थान स्मार्टफोन आयात भएको छ भने
तुलनात्मक रुपमा हेर्दा चीनबाट अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ११ अर्ब ८७ करोड ८३ लाख ७१ हजार बराबरको १ लाख ३७ हजार ८४१ बढी स्मार्टफोन आयात भएको देखिन्छ।
अघिल्लो आर्थिक वर्षमा भारतबाट १० अर्ब ३ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको ४ लाख २४ हजार ८४४ थान स्मार्टफोन आएको थियो।
गत आर्थिक वर्षमा भने भारतबाट १० अर्ब ९९ करोड ६ लाख ८४ हजार रुपैयाँ बराबरको ३ लाख ६४ हजार ८४२ थान स्मार्टफोन आएको छ।
तुलनात्मक रुपमा हेर्दा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ९५ करोड ८४ लाख २९ हजार बराबरको ६० हजार २ थान बढी स्मार्टफोन आयात भएको देखिन्छ।
आर्थिक वर्ष २०८२/८३ को शीर्ष १० कारोबारको तथ्याङ्क
| क्रं स | देश | विवरण (थान) | रकम (हजारमा) |
| १ | चीन | १८८९६६४ | ३६७९२७५८ |
| २ | भारत | ३६४८४२ | १०९९०६८४ |
| ३ | अस्ट्रेलिया | २७६६ | १८५८५३ |
| ४ | कम्बोडिया | १५०६ | ४३८३८ |
| ५ | जापान | १५२० | १२४४४५ |
| ६ | कोरिया | ८५३ | ४५९५६ |
| ७ | कतार | १८३४ | २६०४५ |
| ८ | यूएई | १३९४ | १२९४१४ |
| ९ | बेलायत | ३०३ | ३५२६५ |
| १० | अमेरिका | १७८९ | २२३८१५ |
प्रकाशित: २५ श्रावण २०८३, सोमबार