ओपनएआईले अधिग्रहण गर्यो प्रेजेन्टेसन स्टार्टअप नेक्स्टस्लाइड

  • Technology Khabar | २४ श्रावण २०८३, आईतवार
ओपनएआईले अधिग्रहण गर्यो प्रेजेन्टेसन स्टार्टअप नेक्स्टस्लाइड
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

ओपनएआईले प्रेजेन्टेसन निर्माणसम्बन्धी स्टार्टअप नेक्स्टस्लाइड अधिग्रहण गरेको छ। नेक्स्टस्लाइडका टोली सदस्यहरू अब ओपनएआईमा आबद्ध भएर च्याटजीपीटीका लागि काम गरिरहेका छन्।

टेकक्रञ्चका अनुसार नेक्स्टस्लाइडको वेबसाइटमा संस्थापक अहमद बेश्रीले कम्पनीको उत्पादनले प्रोम्प्ट, नोट, कागजात वा अनुसन्धान सामग्रीलाई परिष्कृत र सम्पादन गर्न मिल्ने प्रेजेन्टेसनमा रूपान्तरण गर्न सक्ने बताएका छन्।

बेश्रीका अनुसार नेक्स्टस्लाइडको उद्देश्य दृश्य सञ्चारलाई सहज बनाउनु र मानिसहरूलाई आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्न मद्दत गर्नु थियो। उनले ओपनएआईमा आबद्ध भएपछि पनि यही उद्देश्यअनुसार एआई उत्पादन विकास गर्ने बताएका छन्।

अधिग्रहणको वित्तीय विवरण सार्वजनिक गरिएको छैन। बेश्रीका अनुसार ओपनएआईले नेक्स्टस्लाइड यसै वर्षको सुरुवातमा अधिग्रहण गरेको थियो, तर यसको घोषणा केही महिनापछि गरिएको हो।

प्रकाशित: २४ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार