मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार

  • Technology Khabar | २३ श्रावण २०८३, शनिबार
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार

काठमाडौं ।

मिड भ्याली इन्टरनेसनल कलेजले चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (ईसीयूटी) सँगको शैक्षिक सहकार्यलाई थप सुदृढ बनाउँदै ‘ईसीयूटी कल्चरल एक्सचेन्ज प्रोग्राम’ सुरु गरेको छ।

यस कार्यक्रमअन्तर्गत मिड भ्याली इन्टरनेसनल कलेज र ग्यालेक्सी पब्लिक स्कुलका ११ जना विद्यार्थी आगामी अक्टोबर २५ देखि नोभेम्बर ४, २०२६ सम्म चीनको नानछाङ सहरमा आयोजना हुने अन्तर्राष्ट्रिय शैक्षिक तथा सांस्कृतिक आदान–प्रदान कार्यक्रममा सहभागी हुनेछन्।

भ्रमणका क्रममा विद्यार्थीहरूले चिनियाँ भाषा तथा संस्कृतिसम्बन्धी कार्यशालामा सहभागिता जनाउने, ऐतिहासिक सम्पदा र संग्रहालयको अवलोकन गर्ने, परम्परागत चिनियाँ कला र संस्कृतिको अनुभव लिने तथा जिङदेजेन र वुयुआन क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

साथै, उनीहरूले ईसीयूटीद्वारा आयोजना गरिने अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा सहभागी भई विभिन्न देशका विद्यार्थीसँग अनुभव आदान–प्रदान गर्ने अवसर पनि प्राप्त गर्नेछन्।

ईसीयूटीका प्रतिनिधिहरूले कार्यक्रममा विद्यार्थी जीवन, विश्वविद्यालयको शैक्षिक वातावरण तथा विश्वव्यापी शिक्षाको महत्वबारे जानकारी गराएका थिए। साथै, सहभागी विद्यार्थीहरूले आफ्ना जिज्ञासा राख्दै आगामी चीन भ्रमणबारे प्रत्यक्ष जानकारी लिने अवसर पाएका थिए।

कार्यक्रमका अवसरमा मिड भ्याली इन्टरनेसनल कलेज व्यवस्थापनले ईसीयूटीप्रति आभार व्यक्त गर्दै यस सहकार्यले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन, सांस्कृतिक अनुभव र विश्वदृष्टिकोण विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

कलेजले यस्ता अन्तर्राष्ट्रिय साझेदारीमार्फत विद्यार्थीलाई विश्वस्तरीय शैक्षिक अवसर, व्यवहारिक सिकाइ, अन्तरसांस्कृतिक बुझाइ तथा विश्वव्यापी परिवेशमा आवश्यक सीप विकास गर्ने अवसर उपलब्ध गराउँदै आएको जनाएको छ।

मिड भ्याली इन्टरनेसनल कलेज, ग्यालेक्सी पब्लिक स्कुल र ईस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबीचको सहकार्यले नेपाल–चीनबीचको शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउँदै विद्यार्थीलाई अन्तर्राष्ट्रिय आदान–प्रदान, सांस्कृतिक अनुभव तथा विश्वस्तरीय शैक्षिक अवसर प्रदान गर्ने अपेक्षा गरिएको कलेजले जनाएको छ।

प्रकाशित: २३ श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २३ श्रावण २०८३, शनिबार