काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। साउन २ र ३ गते सञ्चालन भएको परीक्षाको नतिजा बोर्डको साउन २१ गतेको निर्णयअनुसार प्रकाशित गरिएको हो।
बोर्डका अनुसार मौका परीक्षामा सहभागी ७१ हजार ३१० परीक्षार्थीमध्ये ५७ हजार ८९७ जना (८१.१९ प्रतिशत) ले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। साथै तीन जना परीक्षार्थीको नतिजा रद्द गरिएको छ।
नतिजा कसरी हेर्ने ?
विद्यार्थीहरूले निम्न माध्यमबाट आफ्नो नतिजा हेर्न सक्नेछन्।
बोर्डले ग्रेडप्रति चित्त नबुझेका परीक्षार्थीलाई नतिजा प्रकाशित भएको मितिले सात दिनभित्र अनलाइनमार्फत रिटोटलिङ अर्थात् पुनर्योगका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ।
त्यस्तै नतिजामा नाम, विषय, रजिस्ट्रेसन नम्बर वा अन्य प्राविधिक त्रुटि देखिएमा आवश्यक कागजातसहित बोर्डमा निवेदन दिन सकिने सूचनामा उल्लेख छ।
प्रकाशित: २२ श्रावण २०८३, शुक्रबार