दाङमा ‘सूचना प्रविधि मेला’

  • Technology Khabar | १६ श्रावण २०८३, शनिबार
दाङमा ‘सूचना प्रविधि मेला’

काठमाडौं ।

‘कोड फर चेन्ज दाङ’को आयोजनामा शुक्रबारदेखि यहाँ तीनदिने सूचना प्रविधि मेला सुरु भएको छ। मेलाको उद्घाटन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले गरे।

नगर प्रमुख चौधरीले सूचना प्रविधि आजको विश्वको सबैभन्दा शक्तिशाली माध्यम बनेको उल्लेख गर्दै युवाहरूको सिर्जनशीलता र नवप्रवर्तनलाई स्थानीय सरकारले सदैव प्रोत्साहन गर्ने बताए। उनले प्रविधिलाई केवल अध्ययनको विषयका रूपमा मात्र नभई उद्यम, रोजगारी र समाज रूपान्तरणको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनले सूचना प्रविधि र सञ्चार क्षेत्र एकअर्काका परिपूरक रहेका उल्लेख गर्दै डिजिटल युगमा सिर्जना हुने प्रविधिले समाजलाई सही दिशामा लैजानुपर्ने बताए।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दाङसहित विभिन्न जिल्लाका कलेजमा सूचना प्रविधि (आईटी) अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहनेछ।

मेलामा विद्यार्थीले विकास गरेका विभिन्न मोबाइल एप, सफ्टवेयर, डिजिटल सामान तथा नवीन प्रविधिमा आधारित आइडियाको प्रतिस्पर्धा हुने कोड फर चेन्ज दाङका अध्यक्ष जगदिश ओलीले बताए। रासस

प्रकाशित: १६ श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार