खानी तथा खनिज पदार्थ विधेयक प्रतिनिधि सभामा दर्ता

  • Technology Khabar | १५ श्रावण २०८३, शुक्रबार
खानी तथा खनिज पदार्थ विधेयक प्रतिनिधि सभामा दर्ता
फाइल तस्बिर।सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठक। तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौं ।

खानी तथा खनिज पदार्थ विधेयक, २०८३ प्रतिनिधि सभामा दर्ता भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले बिहीबार यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेकी हुन्।

भूवैज्ञानिक अध्ययन, अनसुन्धान र खानी तथा खनिज पदार्थको अन्वेषण तथा उत्खनन कार्यको व्यवस्थापन गर्दै खानीजन्य उद्योगको विकास, प्रवर्द्धन र नियमन गर्न खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्थ बाञ्छनीय भएकोले उक्त विधेयक ल्याईएको प्रस्तावनमा उल्लेख छ।

उद्योगमन्त्री गौरी कुमारीले संघीय शासन प्रणाली अनुरूप खानी तथा खनिज पदार्थसम्बन्धी अधिकार तथा जिम्मेवारी स्पष्ट गर्न विधेयक ल्याइएको उल्लेख गरेकी छन्।

उनका अनुसार खानी तथा खनिज पदार्थको संरक्षण, अन्वेषण तथा उत्खनन कार्यलाई व्यवस्थित, वैज्ञानिक तथा दिगो बनाउने सरकारको उदेश्य छ।

‘साधारण निर्माणमुखी खनिज, रणनीतिक तथा सामरिक महत्वका खनिज तथा रेडियोधर्मी खनिज पदार्थसम्बन्धी विशेष व्यवस्था गर्न’ विधेयक ल्याइएको उल्लेख छ।

खनिज, खनिज क्षेत्रको वैज्ञानिक नक्सांकन, भौगर्भिक सर्वेक्षण तथा भूकम्प मापन सम्बन्धी कार्यलाई कानूनी आधार प्रदान गर्न, खनिज क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गरी उद्योग तथा पूर्वाधार विकासमा सहयोग पुर्‍याउने विधेयकको उदेश्य छ।

खनिज कार्यमा पारदर्शिता, जवाफदेहिता तथा नियमनलाई प्रभावकारी बनाउन तथा गैरकानूनी खनिज कार्य, अवैध उत्खनन एवं राजस्व चुहावट नियन्त्रण गर्न विद्यमान खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई संशोधन, एकीकरण तथा समयानुकूल बनाउने भनिएको छ।

प्रकाशित: १५ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

E-commerce platform Chynabazar launched: Direct access from manufacturers to consumers with experience stores

  • Technology Khabar
  • १५ श्रावण २०८३, शुक्रबार