ताजा समाचार

सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने भ्रामक भिडियो पोस्ट नगर्न आग्रह
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।
Global IME Bank

पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्ति सुरक्षामा आँच पुर्‍याउने भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न आग्रह गर्नुभएको छ।

पर्सा जिल्लाका अधिकारी दाहालले सर्वसाधारण व्यक्तिहरुलाई आवश्यकता नपरी घर बाहिर ननिस्कन र जुलुसमा सहभागी नहुनसमेत अनुरोध गर्नुभएको छ।

अधिकारी दाहालले भावनामा बगेर कानुन हातमा लिने वा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्य पूर्णतः दण्डनीय हुने बताउँदै त्यसो नगर्न पनि अपिल गर्नुभएको छ।-रासस

Sajilo Visa
easy care