अनलाइन सञ्चारमाध्यम नवीकरण शुल्क: असारसम्म बुझाउँदा थप दस्तुर नलाग्ने, त्यसपछि मिटरब्याजीको जस्तो थप दस्तुर

  • Technology Khabar | १४ श्रावण २०८३, बिहीबार
अनलाइन सञ्चारमाध्यम नवीकरण शुल्क: असारसम्म बुझाउँदा थप दस्तुर नलाग्ने, त्यसपछि मिटरब्याजीको जस्तो थप दस्तुर

काठमाडौं ।

सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यमको नवीकरण शुल्कमा महिनाअनुसार थप दस्तुर लाग्ने व्यवस्था गरेको छ।

विभागले अनलाइन सञ्चारमाध्यमको आधारभूत नवीकरण दस्तुर रु. २,५०० तोकेको छ। तोकिएको महिनाभन्दा ढिला नवीकरण गरेमा महिनाअनुसार थप दस्तुर लाग्ने व्यवस्था गरिएको छ।

छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ तथा छापाखाना तथा प्रकाशनसम्बन्धी नियमावली, २०५९ (तेस्रो संशोधन, २०७८) का आधारमा अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण विभागको सूचना प्रणालीमार्फत भइरहेको छ। केही समययता अनलाइन सञ्चार माध्यमको दस्तुरमा द्विविधा उत्पन्न भएकाले यो सूची सार्वजनिक गरेको जनाएको छ।

यस्तो छ सूची

महिना आधारभूत शुल्क (रु.) थप दस्तुर (%) थप दस्तुर (रु.) कुल शुल्क (रु.)
असार २५०० ०% २५००
साउन २५०० १०% २५० २७५०
भदौ २५०० २०% ५०० ३०००
असोज २५०० ३०% ७५० ३२५०
कात्तिक २५०० ४०% १००० ३५००
मंसिर २५०० ५०% १२५० ३७५०
पुस २५०० १००% २५०० ५०००
माघ–असार २५०० २००% ५००० ७५००

प्रकाशित: १४ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार