
काठमाडौं ।
काठमाडौं । जर्मनीमा ५जीको अक्सनपछि टेलिकम अपरेटरहरुले कमर्शीयल फाइभजी सेवा शुरु गर्ने भएका छन् । सरकारले ५जी फ्रिक्वेन्सीहरु टेलिकम कम्पनीहरुलाई ७.३ बिलियन डलरमा बिक्री गरेसँगै टेलिकम कम्पनी डयच टेलिकमले कमर्शीयल ट्यारिफ घोषणा गरेको छ ।
कम्पनीले ट्यारिफलाई बण्डलिंग गरेर सार्वजनिक गरेको छ जसमा सामसंग ग्यालेक्सी ५जी र एचटिसी ५जी हबसँग जोडिएको छ ।
ग्यालेक्सी एस १० बण्डल ९०० यूरो छ भने अहिलेका ग्राहकहरुका लागि केबल १०० यूरो थप गर्ने सुविधा दिएको छ । अहिलेका ग्राहकहरुले ७९९.९९यूरोमा सेवा पाईरहेका छन् । सो बण्डलमा ग्यालेक्सी एस १० ५जी स्मार्टफोनका साथै एसएमएस, अनलिमिटेड डाटा जून १०० एमबिपिएससम्म अपलिंक हुनेछ ।
त्यस्तै एचटिसी ५जी हबको मूल्य ५५५.५५ यूरो रहेको छ भने यसबाट विभिन्न ५जी डिभाइसहरु प्रयोग गर्न सकिनेछ । यसमा पनि समान सुविधा छन भने यसको अपलोड रेट ५० एमबिपिएस रहेको छ ।
पहिलो पटक ५जी सेवा शुरु गर्ने दक्षिण कोरियामामा ट्यारिफ प्लान ५५,००० कोरियाली वनदेखि शुरु हुन्छ भने अर्को देश अमेरिकामा तीन किसिमको प्लानहरु दिईएको छ ।
प्रकाशित: २३ असार २०७६, सोमबार