असार मसान्तसम्म साढे ७७ करोड रुपैयाँ बराबरका विद्युतीय चुलो आयात

  • Technology Khabar | १३ श्रावण २०८३, बुधबार
असार मसान्तसम्म साढे ७७ करोड रुपैयाँ बराबरका विद्युतीय चुलो आयात
एआईद्वारा निर्मित सांकेतिक तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२।०८३ एक वर्ष अर्थात असार मसान्तसम्म नेपालमा ७७ करोड ४८ लाख ३४ हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न २८ देशहरुबाट उक्त मूल्य बराबरका ३ लाख ९२ हजार २५८ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले १० करोड ७९ लाख ६४ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट ६५ करोड २८ लाख ४८ हजार बराबरको ३ लाख ३१ हजार ८३४ थान तथा भारतबाट ११ करोड १५ लाख ३५ हजार बराबरको ५६ हजार १०७ थान चुलो आएको छ।

यीबाहेक कतारबाट ८४ हजार बराबरको ७७ थान, यूएईबाट १ लाख ६१ हजार बराबरको ११९ थान, बंगलादेशबाट ८० लाख ३३ हजार बराबरको ३ हजार ९६० थान, मलेसियाबाट ७ लाख ३६ हजार बराबरको ४९ थान तथा साउदी अरेबियाबाट ७ हजार बराबरको ६ थान तथा अमेरिकाबाट २ हजार बराबरको १ थान विद्युतीय चुलो आएको पाइएको छ।

इण्डक्शन

क्र.सं. देश विवरण रकम (हजारमा)
बंगलादेश १०८० २२६९
चीन २०५३२४ ४३२६९६
भारत २७८३३ ४७९१३
इन्डोनेसीया १८२
कोरिया १२ १०
कुवेत
मलेसीया ४९ ७३६
साउदि अरेबिया
सिङ्गापुर १७ २०
१० स्पेन १५ ५९२
११ कतार ७१ ७६
१२ थाइल्याण २० ५०
१३ यूगान्डा २२ १३
१४ यूएई ११४ १५२
१५ बेलायत
१६ अमेरिका

 

इन्फ्रारेड

क्र.सं. देश विवरण रकम (हजारमा)
बंगलादेश २८८० ५७९४
चीन ११७५५० २०७३८२
भारत २७६६८ ५७६७४
कतार
सिंगापुर

अन्य विद्युतीय चुलो

प्रकाशित: १३ श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार