काठमाडौं ।
सेवाहरु डिजिटल मैत्री बनाउने सरकारको लक्ष्य अनुसार कृषि, वन शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ सेवाको सफल परीक्षण गरिएको छ।
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ आज ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको हो । तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलमा
परीक्षण सफल भएपछि आगामी हप्तादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ।
यस कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्दै मन्त्रालयको सहयोगमा आवश्यक पूर्वाधार, जस्तै कम्प्युटर, थर्मल प्रिन्टर, क्यूआर स्क्यानर लगायतका उपकरण उपलब्ध गराइनेछ। विद्युत् तथा इन्टरनेट सुविधा पुगेका अन्य प्रवेशद्वार र चेकपोष्टहरूमा समेत ई–टिकेटिङ सेवा क्रमशः विस्तार गरिने योजना रहेको छ।
मन्त्रालयले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा ई–टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।
यस प्रणाली लागू भएपछि पर्यटक प्रवेश प्रक्रिया थप छिटो, पारदर्शी र व्यवस्थित हुने, राजस्व व्यवस्थापन प्रभावकारी बन्ने तथा सेवाग्राहीलाई सहज सेवा उपलब्ध हुने मन्त्री चौधरीले बताइन्।
प्रकाशित: ३ श्रावण २०८३, आईतवार