एनआईसी एशिया क्यापिटलमा अनलाइन मार्फत डिम्याट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्न सकिने

  • Technology Khabar | ३ श्रावण २०८३, आईतवार
एनआईसी एशिया क्यापिटलमा अनलाइन मार्फत डिम्याट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्न सकिने

काठमाडौं ।

एनआईसी एशिया क्यापिटलले विगत लामो समय देखि नै क्यापिटलको अधिकांश सेवाहरुमा प्रविधिको उच्चतम् प्रयोग गरी “लाइनमा होइन, अनलाइनमा” भन्ने मुल मन्त्र सहित आफ्नो निक्षेप सदस्य सेवा अन्तर्गतका सम्पूर्ण सेवाहरु डिजिटल रुपमा अनलाइन मार्फत नै उपलब्ध गराउँदै आइरहेको छ।

एनआईसी एशिया क्यापिटलले नयाँ डिम्याट खाता खोल्दा तथा विद्यमान डिम्याट खाताको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा जारी निर्देशन बमोजिम कम्पनीले नयाँ नियम लागू गरेको हो।

एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकका शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका खातावालाहरुले अब सहजै रुपमा अनलाइन मार्फत राष्ट्रिय परिचय पत्र अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ।

प्रकाशित: ३ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार