काठमाडौं ।
सवारी चालक अनुमतिपत्र (इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) सम्बन्धि अनलाइन प्रणाली साउन १ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ।
यातायात व्यवस्था विभागले लाइसेन्सका लागि आवेदन, नवीकरण र राजस्व भुक्तानीलगायतका सबै कार्यहरु आजदेखि अनलाइनबाट गर्न सकिने व्यवस्था सुरु भएको जानकारी दिएको छ।
नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र र नागरिक एपमा रहेको क्यूआर कोड स्क्यानर बाट स्क्यान गरेर आवेदन फारममा आफ्नो विवरण स्वतः भर्न सक्नेछन् ।
नयाँ व्यवस्थाले आजदेखि सेवाग्राहीले सहज डिजिटल सेवा प्राप्त गर्ने अपेक्षाा गरिएको छ।
तर राष्ट्रिय परिचयपत्र नभएका वा नागरिक एप प्रयोग नगर्ने सेवाग्राहीका लागि भने पुरानै व्यवस्था कायम रहेको विभागले जनाएको छ।
जारी सूचनाअनुसार डिजिटल सेवालाई प्रदेशअनुसार व्यवस्थित बनाउन सातै प्रदेशका लागि छुट्टाछुट्टै अनलाइन पोर्टल समेत सञ्चालनमा ल्याइएको छ। सेवाग्राहीहरुले आफू रहेको प्रदेशको अनलाइन पोर्टलमार्फत लाइसेन्स सम्बन्धित सबै प्रक्रिया अघि बढाउन सक्नेछन्।
उक्त सेवा वा अनलाइनमा प्राविधिक समस्या वा गुनासो आएमा विभागले केन्द्र तथा प्रदेशस्तरमा सम्पर्क व्यक्ति, टेलिफोन नम्बर र इमेलसमेत उपलब्ध गराएको छ। सम्बन्धित प्रदेशको सम्पर्क केन्द्रमार्फत सेवाग्राहीले आफ्नो समस्या समाधान गर्नका लागि आवश्यक सहयोग लिन सक्नेछन्।
प्रदेशअनुसार लाइसेन्सको लागि अनलाइन भर्न सकिने वेबसाइट

प्रकाशित: १ श्रावण २०८३, शुक्रबार