काठमाडौं ।
आज साउन १ गतेदेखि नेपाल टेलिकमद्वारा ग्राहकलाई उपलब्ध गराइने सिमकार्ड लगायत अन्य कागजात, चिठीपत्र, दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्रीहरु हुलाक सेवामार्फत ढुवानी हुने भएको छ।
नेपाल टेलिकम र हुलाक सेवा विभाग बिच असार १८ गते गरिएको सम्झौता अनुसार अब नेपाल टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीका सिमकार्ड लगायतका अन्य सामग्री सेवाग्राहीको घरैसम्म हुलाकमार्फत उपलब्ध हुनेछ।
सम्झौता अनुसार आजदेखि हुलाकमार्फत नेपाल टेलिकमका सिमकार्ड लगायत अन्य सामग्रीहरु ढुवानी गरिने छ।
नेपाल टेलिकम र विभाग बिचको यो सहकार्यबाट कम्पनीका सेवाग्राहीहरु लाभान्वित हुने विश्वास गरिएको छ।
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार