तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन

  • Technology Khabar | ३२ असार २०८३, बिहीबार
तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन
फाइल तस्बिर।यातायात व्यवस्था कार्यालय राधेराधेमा लाइसेन्स लिँदै गरेका सेवाग्राहीहरुको भिड। तस्बिरः अनुजराज/टेक्नोलोजीखबर डटकम।

काठमाडौं ।

बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालय भक्तपुरले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ। यसबाट राज्यकोषमा रु १९ करोड ८२ लाख दाखिला भएको छ।

उक्त अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले राससलाई जानकारी दिए।

हाल दैनिक एक हजारदेखि एक हजार ८०० सेवाग्राहीलाई अनुमतिपत्र प्रदान हुँदै आएको छ। रासस

प्रकाशित: ३२ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...