काठमाडौं ।
वुल्फ अफिसेजले आफ्नो को–वर्किङ सेवा विस्तार गर्दै काठमाडौंको मण्डिखाटारमा नयाँ प्रिमियम कार्यस्थल सञ्चालनमा ल्याएको छ।
यसअघि बानेश्वरमा सेवा सञ्चालन गरिरहेको कम्पनीले स्टार्टअप, फ्रिलान्सर, रिमोट वर्कर, डिजिटल नोमाड तथा लचिलो र व्यावसायिक कार्यस्थल खोजिरहेका व्यवसायलाई लक्षित गर्दै नयाँ शाखा सुरु गरेको हो।
नयाँ मण्डिखाटारस्थित कार्यस्थलमा आठभन्दा बढी स्टार्टअपलाई स्थान उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ भने कुल ६० जनासम्मले एकै समयमा काम गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ।
आधुनिक पूर्वाधारसहितको यस कार्यस्थलले उद्यमी, साना तथा मझौला व्यवसाय र विभिन्न टोलीलाई सहकार्य गर्दै आफ्नो व्यवसाय विस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। को–वर्किङ स्पेसका अतिरिक्त वुल्फ अफिसेजले ‘भर्चुअल अफिस सेवा’ पनि उपलब्ध गराउँदै आएको छ।
भौतिक कार्यालय सञ्चालन नगरी व्यावसायिक ठेगाना आवश्यक पर्ने कम्पनी तथा उद्यमका लागि यो सेवा उपयोगी हुने कम्पनीको भनाइ छ। यसअन्तर्गत कम्पनी दर्ताका लागि आवश्यक आधिकारिक ठेगाना उपलब्ध गराउने, व्यावसायिक पत्राचार, पार्सल तथा महत्त्वपूर्ण कागजात व्यवस्थापन गर्ने सुविधा प्रदान गरिन्छ।
सदस्यलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले वुल्फ अफिसेजले विभिन्न संस्थासँग साझेदारी पनि गरेको छ। कम्पनीका अनुसार प्रिमियम हेयर सलुन लक्ष्मी, हिमालयन जाभा तथा केही होटलहरूसँग सहकार्य गरिएको छ, जसबाट सदस्यहरूले विशेष छुट तथा अन्य सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
कम्पनीले भविष्यमा क्याफे, होटल तथा अन्य कार्यस्थल प्रदायकहरूले आफ्ना उपलब्ध कार्यस्थल सूचीकरण गर्न सक्ने डिजिटल प्लेटफर्म विकास गर्ने योजनासमेत अघि बढाइरहेको जनाएको छ। उक्त प्लेटफर्ममार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकता र सुविधाअनुसार विभिन्न स्थानमा उपलब्ध कार्यस्थल खोजेर प्रयोग गर्न सक्नेछन्।
लचिलो कार्यस्थल, भर्चुअल अफिस सेवा तथा व्यवसायिक नेटवर्क विस्तारमार्फत वुल्फ अफिसेजले नेपालका स्टार्टअप, उद्यमी तथा पेशेवरहरूका लागि सहज, व्यावसायिक र पहुँचयोग्य कार्य वातावरण निर्माण गर्दै स्टार्टअप इकोसिस्टमलाई थप सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ।
प्रकाशित: ३१ असार २०८३, बुधबार