काठमाडौं ।
एप्पलले विकासकर्ताहरूको लागि धेरैओटा आईओएस २७ बिटाहरू जारी गरिसकेको छ। अब, कम्पनीले आईओएस २७ को पहिलो सार्वजनिक बिटा जारी गरेको छ।
यो सम्बन्धित आईप्याडओएस २७, वाचओएस २७, म्याकओएस २७ र टिभीओएस २७ को लागि सार्वजनिक बिटाहरू भएको बताइएको छ भने स्थिर रिलीज आगामी शरद ऋतुमा आउनेछ।
प्रारम्भिक सुरुवात गर्न चाहने प्रयोगकर्ताले एप्पल बिटा सफ्टवेयर कार्यक्रमको लागि साइन अप गरेर आफ्नो डिभाइसमा संस्करण २७ स्थापना गर्न सक्नेछन्।
कुन फोनहरू समर्थित हुन्छन् भन्ने बारेमा एप्पलले कम्प्याटेबिलिटीको उल्लेख नगरेको हुनाले संस्करण २६ चलाउने फोनले संस्करण २७ पनि चलाउन सक्ने उल्लेख गरिएको छ।
त्यसको अर्थ आईफोन ११ वा नयाँ (आईफोन एसई(२०२०) वा नयाँ सहित) का डिभाइसहरुले आईओएस २७ सार्वजनिक बिटा समर्थ गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
आईफोन २७ ले नयाँ लिक्विड ग्लास डिजाइन ल्याङ्गवेज पोलिश गरेको र केही ठूला समस्याको समाधान गर्दछ। साथै यसले प्रयोगकर्ताको फोनलाई छिटो पनि बनाउनेछ भने एप स्टार्टअप समय ३० प्रतिशत घट्ने, फोटोहरूले प्रयोगकर्ताको लायब्रेरी ७० प्रतिशत छिटो लोड गर्ने र एयरड्रप ट्रान्सफर ८० प्रतिशत छिटो हुनेछ। साथै, एप्पलले नेटवर्क ट्रान्जिसनहरू (वाईफाई नेटवर्कहरू बीच वा वाईफाईबाट फाइभजी सम्म) सहज बनाएको बताएको छ।
त्यसैगरी सिरी एआई यो पुस्ताको प्रमुख विशेषता भएको बताइएको छ। प्रयोगकर्ताले प्राकृतिक भाषा प्रयोग गरे प्रश्नहरू सोध्न, कार्यहरू गर्न र आफ्नो फोन खोज्न सक्नेछन्। अब एक समर्पित सिरी एपले नयाँ सुविधाहरू पहुँच सहज बनाउने उल्लेख गरिएको छ। तर एप्पल अझै पनि ईयूसँग लडिरहेको हुनाले एआई सुविधाहरू ब्लकमा सीमित हुनेछन्।
एप्पलले विकासकर्ता बिटा परीक्षण अवधिको समयमा विभिन्न समस्याहरू समाधान गरेको भए तापनि यो सार्वजनिक बिटामा अझै पनि बगहरू हुन सक्ने बताइएको छ। त्यसैले हाल जारी गरिएको आईओएस २७ सार्वजनिक बिटा आफ्नै जोखिममा स्थापना गर्नु वा केही महिना पछि आउने स्थिर रिलीजको लागि पर्खन आग्रह गरिएको छ।
एप्पलले पुराना आईफोनहरूको लागि समर्थन नहटाएको भए तापनि म्याकहरूमा त्यसो नगरिएको र म्याकओएस २६ प्राप्त गर्ने अन्तिम इन्टेल–संचालित म्याकहरू संस्करण २७ मा अपडेट गर्न नसकिने उल्लेख गरिएको छ। साथै एप्पल सिलिकन मोडेलहरू मात्र समर्थित हुने थप उल्लेख गरिएको छ।
त्यसैगरी आईप्याडहरूका धेरै पुराना मोडेलहरू हटाइएका छन्। तर आईप्याड मिनी (२०२१) वा सोभन्दा नयाँ, भ्यानिला आईप्याड (२०२१) वा सोभन्दा नयाँ, आईप्याड एयर (२०२०) वा सोभन्दा नयाँ र आईप्याड प्रो (२०२०) वा सोभन्दा नयाँ मोडेलहरूले आईप्याडओएस २७ चलाउन सक्ने उल्लेख गरिएको छ।
प्रकाशित: ३२ असार २०८३, बिहीबार