काठमाडौं ।
एक्सले प्रयोगकर्ताको पोस्ट र आफ्नो पारस्परिक, वा आफूले फलो गर्ने र आफूलाई फलो ब्याक गर्ने व्यक्तिहरूको रिप्लाइहरूको भिजिबिलिटी बढाउन “सानो ट्वीक” रोल आउट गर्दैछ।
प्लेटफर्मको उत्पादन प्रमुख निकिता बियरले एक्सको एल्गोरिदममा प्रयोगकर्ताको आफ्नो साथीहरूको प्रतिक्रियाहरू प्रयोगकर्ताको आफ्नो रिप्लाइ सेक्सनमा अझ प्रमुख रूपमा देखाउन आवश्यक प्रोग्रामिङ हराइरहेको बताइन्।
“त्यसको परिणामस्वरूप रिप्लाइ सेक्सन प्रयोगकर्ताले नचिनेका मानिसहरूसँगको युद्धभूमि जस्तो महसुस भएको” उनले उल्लेख गरिन्।
एक्सले यो अपडेटबाट आफ्नो प्लेटफर्ममा आदानप्रदानलाई कम विषाक्त बनाउन सक्ने र थप अर्थपूर्ण कुराकानीहरू निम्त्याउने सम्भावनाको अपेक्षा गरिरहेको इनग्याजेटले रिपोर्ट गरेको छ।
एक्समा पहिले कम्युनिटिज सेक्सनमा समान रुचिहरू साझा गर्ने मानिसहरूसँग अन्तरक्रिया गर्न सकिने सेवा उपलब्ध रहेको थियो। कम्युनिटिज सेक्सनले प्रयोगकर्तालाई केवल आफूँले वास्ता गर्ने व्यक्तिहरू वा विषयवस्तु मिलेर बनेको फिडलाई फलो गर्न सहज तरिका दिने गरेको थियो।
कम्पनीले यो वर्षको गत अप्रिलमा कम्युनिटिज सेक्सन सेवाले खासै प्रभाव नपारेको हुनाले त्यसलाई बन्द गरेको थियो। यो “०.४ प्रतिशत भन्दा कम प्रयोगकर्ताहरूले प्रयोग गरेका थिए भने ८० प्रतिशत स्पाम रिपोर्ट, वित्तीय घोटाला र एक्समा मालवेयरमा योगदान पुर्याएको थियो”, बियरले बताइन्। यो सुविधाले एक्स टोलीको धेरै समय लिइरहेको थियो, “भने बाँकी एपले क्षति भोगेको थियो”, उनले थप उल्लेख गरिन्।
प्रकाशित: ३२ असार २०८३, बिहीबार