काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को एघारौं महिना जेठमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवै अघिल्लो महिनाको तुलनामा उल्लेख्य घटेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ जेठ मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबारको सङ्ख्या र रकम दुवैमा उल्लेख्य गिरावट आएको पाइएको हो।
यो प्रवृत्ति चैतबाट वैशाख मसान्तसम्म पुग्दा कारोबार रकम विपरित रहेको थियो। अर्थात् उक्त अवधिमा कारोबार रकम ओरालो लागेको थियो भने कारोबार संख्या बढेको थियो।
चैत मसान्तबाट वैशाख मसान्तसम्म आइपुग्दा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या ९ हजार ७९८ बढेर समग्रमा ६ लाख ३९ हजार १२१ मा पुगेको थियो।
वैशाख मसान्तबाट जेठ मसान्तसम्म आइपुग्दा यो आँकडा ६ हजार ५ घटेर समग्रमा ६ लाख ३३ हजार १६६ मा पुगेको छ।
यसैगरी कारोबार रकम गत चैत मसान्तदेखि वैशाख मसान्तसम्मको एक महिनामा २ अर्ब ७४ करोड घटेर समग्रमा २ अर्ब ५० करोड ९४ लाखमा झरेको थियो।
हाल वैशाख मसान्तबाट जेठ मसान्तसम्म आइपुग्दा यो आँकडा ८ करोड १ लाखले घटेर २ अर्ब ४२ करोड ९३ लाखमा झरेको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: ३२ असार २०८३, बिहीबार