अब स्पोटिफाईसँग कुरा गर्न सकिने

  • Technology Khabar | ३२ असार २०८३, बिहीबार
अब स्पोटिफाईसँग कुरा गर्न सकिने

काठमाडौं ।

स्पोटिफाईले एक बिल्ट–इन एआई च्याटबोट नयाँ सुविधा रोल आउट गर्दैछ। यो सुविधाले प्रयोगकर्तालाई स्पोटिफाईसँग होम भ्यू र नाउ प्लेइङ दुवैमा कुरा गर्न दिनेछ। साथै यो सुविधा मोबाइलमा मात्र उपलब्ध हुनेछ।

प्रयोगकर्ताले कुरा गर्नमा मात्र सीमित नभइ आफ्ना अनुरोधहरू वा प्रश्नहरू पनि टाइप गर्न सक्नेछन्। प्रयोगकर्ताले अन्य एआई कुनै पनि च्याटबोटसँग जस्तै स्पोटिफाई सँग अगाडि–पछाडि कुराकानी गर्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रयोगकर्ताले मनपर्ने संगीतको बारेमा थप जान्न सक्नेछन् भने आफ्नो लिसनिङ हिस्ट्रि पुनः भ्रमण गर्नुका साथै पोडकास्ट र अडियोबुकहरूमा पहुँच प्राप्त गर्न सक्नेछन्। प्रयोगकर्ताले पहिले कहिल्यै नसुनेका केही कलाकारहरूको कारेमा सुन्नका लागि अनुरोध गर्न पनि सक्नेछन्। प्लेलिस्ट सुरु भएपछि, प्रयोगकर्ताले त्यसलाई निरन्तर फाइन–ट्यून गर्न सक्नेछन्।

प्रयोगकर्ताले केवल स्पोटिफाईलाई आफूँलाई चाहेको कुरा बताएर (वा टाइप गरेर) गीतहरू सेभ गर्न, तिनीहरूलाई आफ्नो क्यूमा थप्न र कलाकारहरूलाई फलो गर्न सक्नेछन्। साथै केहि सुन्दै गरेको अवस्थामा प्रयोगकर्ताले त्यो गीतको पछाडिको प्रेरणा के थियो, यो कुन विधा हो, एल्बम कहिले रिलिज भएको थियो भन्ने जस्ता प्रकारका गीतको बारेमा सोध्न सक्नेछन्।

स्पोटिफाईले प्रयोगकर्तालाई थप सन्दर्भ प्रदान गर्ने, सम्बन्धित कलाकारहरू र कथाहरूमा मार्गदर्शन गर्ने र पोडकास्ट वा अडियोबुकहरूको त्यसको पछाडिका मानिसहरू, कथाहरू र विचारहरूको बारेमा सोध्न दिनेछ। त्यसैगरी, स्पोटिफाईले प्रयोगकर्ताको आफ्नै रुचिको बारेमा साधिएका प्रश्नहरूको पनि उत्तर दिन सक्नेछ।

यो सुविधा अमेरिका, आयरल्याण्ड र स्विडेनमा आईओएस र एन्ड्रोइडमा १८ वर्षभन्दा माथिका प्रिमियम प्रयोगकर्ताहरूका लागि अंग्रेजीमा बिटामा रोल आउट हुँदैछ। यो बिटा कति समयसम्म रहनेछ वा अन्य बजारहरूमा कहिले उपलब्ध हुनेछ भन्ने कुरा स्पष्ट छैन।

प्रकाशित: ३२ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...