काठमाडौं ।
नेपाल राष्ट्र बैंकले नेपाल ई–बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायक (पीएसपी) को अनुमतिपत्र स्वतः खारेज भएको जनाएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार सूचना जारी गर्दै उक्त कम्पनीलाई २०७७ मंसिर १८ गते प्रदान गरिएको अनुमतिपत्र भुक्तानी तथा फर्छ्योट ऐन, २०७५ को दफा १३(६) बमोजिम स्वतः खारेज भएको जानकारी दिएको हो।
राष्ट्र बैंकका अनुसार कम्पनीले जारी गरेका भुक्तानी उपकरण प्रयोग गर्ने ग्राहकहरूको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ।
राष्ट्र बैंकले सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना सार्वजनिक गरेको जनाएको छ।
प्रकाशित: ३२ असार २०८३, बिहीबार