
काठमाडौं ।
काठमाडौं । नेपालका चर्चित स्वदेशी ब्राण्डहरु शिखर सुज, बिएफ डियरहिल सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर वि·स, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड सहितको ब्राण्डहरु एकै छानामुनी रहेको नेपाली जुत्ताघरले २०७५ सालको एसईईमा उत्तिर्ण विद्यार्थीहरुका लागि उच्च शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम ल्याएको छ । यस योजनामा ग्राहकवर्गहरुले नेपाली जुत्ताघर मार्फत जुनसुकै ब्रण्डको जुुत्ताचप्पल खरिद गर्दा पाउने लक्की ड्र कुपन मार्फत भाग्यशाली विद्यार्थीले छात्रवृत्ति पाउनेछन् ।
विगतमा पनि नेपाली जुत्ता घरले यस्तैखाले विभिन्न सामाजिक कार्यहरु गर्दैआइरहेको छ, नेपाली जुत्ताघरले प्रारम्भिक बाल विकास केन्द्रकी संस्थापक पुष्पा बस्नेतलाई सो संस्थामा आश्रीत बालबालीकाका लागि जुत्ता सहयोग गरेको थियो, यस्तै विभिन्न प्रकृतिक प्रकोपका बेला पनि आर्थिक तथा भौतीक सहयोग गर्दैआइरहेको छ । यसै आर्थिक वर्षदेखी जुत्ताघरबाट बिक्री भएको जुत्तामा प्रतिजोर २ रुपैया संकलन गरी एउटा शैक्षिक छात्रवृत्ति अक्षयकोषको स्थापना गर्न लागिएको छ ।
एसईई छात्रवृत्ति योजना अन्र्तगत पहिलो पुरुष्कार नगद छात्रवृत्ति रु. पचास हजार, एकजनालाई, दोस्रो पुरुष्कार नगद छात्रवृत्ति रु. २५ हजार, दुईजनालाई, तेस्रो पुरुष्कार नगद छात्रवृत्ति रु. १० हजार, पाँच जनालाई, सान्त्वना पुरुष्कार दुईजोर कलेज ड्रेस जुत्ता, २० जनालाई उपलब्ध गराईनेछ ।
यसैबिच यस वर्षको समरशेल मेला सुरु भएको छ । ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी बिगतका ६ वर्ष देखि संचालित नेपाली जुत्ता चप्पलहरुको बृहद् समरसेल मेला यस वर्ष पनि सुरु भएको हो । नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारीपाटी, बुद्ध मल बालाजु स्थित आफ्नै बिक्रि कक्षमा स्टक रहुन्जेल सम्मका लागी यो योजना सञ्चालन भएको छ ।
यो वृहद समरसेलमा १५ देखी ५० प्रतिशत सम्मको बिशेष छुट र रु.३०० देखी बिशेष सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित: १७ असार २०७६, मंगलवार