नेपाल इटाली उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व, अध्यक्षमा नवराज ढकाल चयन

  • Technology Khabar | १७ असार २०७६, मंगलवार
नेपाल इटाली उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व, अध्यक्षमा नवराज ढकाल चयन

काठमाडौं ।

काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघको काठमाडौंमा आज सम्पन्न ५ औं वार्षिक साधारण सभामा नवराज ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

संघका पादधिकारीहरुमा विशिष्ट मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष ध्रुब कुमार श्रेष्ठ, उपाध्यक्ष अशोक शेरचन, महासचिव राजेन्द्र लाल श्रेष्ठ, कोषाध्यक्ष पवन अग्रवाल, सचिव मनोज श्रेष्ठ भडेल चयन भएका छन् । नेपाल तथा इटाली वीचको आर्थिक, व्यापारिक, पर्यटन लगानीका लागि नेपाल इटाली उद्योग वाणिज्य संघको स्थापना भएको हो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नवराज ढकालले सबै उद्योगी व्यवसायीहरुको सहकार्य तथा राय सुझाबबाट संघका गतिविधिहरु प्रभावकारी रुपमा अगाडी बढाउने बताए । इटालीका विभिन्न संघ संगठनहरुसँग सम्बन्ध विस्तार गरी व्यापारिक प्रतिनिधिमण्डलको आदान प्रदान, व्यापार मेलाहरुमा सहभागिता आदि कार्य गरी दुई देशबिचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बढाउन प्रयास गर्ने बताए ।

कार्य समिति सदस्यमा अनिल दास श्रेष्ठ, कमल राज विष्ट, किसान सुनार,कृष्ण पौडेल, तिर्थ रोका, विनोद बस्नेत, विनोद सग्तानी, बासुमाया तामाङ्ग, विना प्याकुरेल, युगेश वादे श्रेष्ठ, सुमित कुमार वंशल, शम्भु कुमार लामा, शुसिल जैन, सञ्जय अग्रवाल, सुनिल शर्मा र राजेन्द्र बराल निर्वाचित भएका छन् ।

प्रकाशित: १७ असार २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • १७ असार २०७६, मंगलवार