दोस्रो त्रैमासिकमा स्मार्टफोन बजार ढुवानी घट्यो, सामसङ र एप्पलले आफ्नो बजार हिस्सा बढाउन सफलः ओमडिया

  • Technology Khabar | ३१ असार २०८३, बुधबार
दोस्रो त्रैमासिकमा स्मार्टफोन बजार ढुवानी घट्यो, सामसङ र एप्पलले आफ्नो बजार हिस्सा बढाउन सफलः ओमडिया
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

ओमडियाको नयाँ रिपोर्ट अनुसार यो वर्षको दोस्रो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन ढुवानी गत वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले घटेको छ।

चलिरहेको मेमोरी संकट गिरावटको लागि जिम्मेवार रहेको र त्यसले कम्पोनेन्ट लागत बढाएको हुानले डिभाइसहरू महँगो हुन पुगेको उल्लेख गरिएको छ।

उक्त अवधिमा सामसङ र एप्पलले भने आफ्नो बजार हिस्सा बढाउन सफल भएका छन्। सामसङले आफ्नो बजार हिस्सा २० प्रतिशतबाट २२ प्रतिशतमा र एप्पलले १६ प्रतिशतबाट २० प्रतिशतमा बढाउन सफल भएका छन्।

त्यसैगरी शाओमीको बजार हिस्सा १५ प्रतिशत बाट ११ प्रतिशत, ओप्पोको १२ प्रतिशत बाट १० प्रतिशतमा र भिभोको ९ प्रतिशतबाट ८ प्रतिशतमा झरेको जीएसएमएरिनाले रपोर्ट छ।

सामसङ उक्त बजार हिस्साको साथ पहिलो स्थानमा र एप्पल अब दोस्रो स्थानमा रहेको छ। सामसङका चिनियाँ प्रतिद्वन्द्वीहरूले उत्पादन लाइनहरू घटाए र मूल्यहरू बढाएको हुनाले कोरियाली कम्पनीले बजेट खण्डमा स्थान हासिल गरेको उल्लेख गरिएको छ।

एप्पलको दोस्रो त्रैमासिक कम्पनीको इतिहासमा सबैभन्दा राम्रो सावित भएको र त्यसको लागि आईफोन १७ सिरिजले योगदान पुर्याएको उल्लेख गरिएको छ।

ओमडियाका प्रमुख विश्लेषक रुनर बजोरहोभ्डेका अनुसार ४०० अमेरिकी डलर मूल्य दायरामा बिक्री सबैभन्दा बढी घटेको छ “जहाँ आपूर्ति अवरोधहरू सबैभन्दा कडा छन् भने नाफा मार्जिन सबैभन्दा पातलो हुनुका साथै मूल्य संवेदनशीलता उच्चतम छ”।

मेमोरी र स्टोरेजहरुले मात्र अब बजेट डिभाइसहरूको लागतको ६० प्रतिशत भन्दा बढी र हाई–इण्ड मोडेलहरूको लागि ३० प्रतिशत भन्दा बढी हिस्सा ओगटेका छन्। मेमोरी मूल्यमा गिरावट अर्को वर्षको दोस्रो भागमा मात्र हुने अपेक्षा गरिएको भए तापनि त्यतिबेला पनि मूल्यहरू २०२५ पूर्वको स्तरमा फर्कने सम्भावना नभएको उल्लेख गरिएको छ।

ओमडियाले तेस्रो र चौथो त्रैमासिकमा सबैभन्दा तीव्र बिक्री गिरावट आउने अपेक्षा गरेको छ। बजेट–सीमित उपभोक्ताहरूसँग कम भन्दा कम विकल्पहरू हुनेछन् भने बिक्रेताहरू उच्च मूल्य खण्डहरूमा झुक्नेछन् र त्यसले गर्दा धेरै “मास–मार्केट खरीदकर्ताहरू” ले खरिद ढिलाइ गर्ने, अपेक्षाहरू डाउनग्रेड गर्ने, वित्तपोषण प्रयोग गर्ने वा नवीकरण गरिएका डिभाइसहरू किन्नेछन्।

प्रकाशित: ३१ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार