सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी ए२७ फाइभजी सार्वजनिक

  • Technology Khabar | ३१ असार २०८३, बुधबार
सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी ए२७ फाइभजी सार्वजनिक

काठमाडौं ।

सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी ए२७ ५जी सार्वजनिक गरेको छ। यसले कम मूल्यमा प्रिमियम एआइ सुविधाहरू, भरपर्दो कार्यसम्पादन, भरपर्दो सुरक्षा र दीर्घकालीन सफ्टवेयर सपोर्ट खोजिरहेका युवा उपभोक्ताहरूका लागि तयार पारिएको आफ्नो लोकप्रिय ग्यालेक्सी ए सिरिजको विस्तार गरेको छ।

सामसङ नेपालका म्याक्स बिजनेस, सिनियर डाइरेक्टर, प्रणय रत्न स्थापितले भने, ‘नयाँ ग्यालेक्सी ए सिरिजले धेरै भन्दा धेरै ग्यालेक्सी प्रयोगकर्ताहरू बीचमा नयाँ प्रविधि पुऱ्याएर एआईलाई सबैको पहुँचमा ल्याउने हाम्रो निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। सामसङको आधारभूत क्षमताहरू असम इन्टेलिजेन्सुको संयोजनका साथ ग्यालेक्सी ए२७ ५जीले विश्वभरका प्रयोगकर्ताहरूलाई भरपर्दो दैनिक कार्यसम्पादन प्रदान गर्नेछ र एआइको द्रुत विस्तारलाई बढावा दिनेछ। हाम्रो २४ महिनाको ईएमआई सुविधाको सुरुवातसँगै हामीले किफायतीपनलाई नयाँ परिभाषा दिइरहेका छौं । सामसङका सबैभन्दा उन्नत प्रविधिहरूलाई पहिलेभन्दा झनै सहज पहुँचमा ल्याएर धेरै ग्राहकहरूलाई कुनै पिर बिना प्रविधिको अनुभव लिन सक्षम बनाउँदैछौं।’

ग्यालेक्सी ए२७ ५जी मा ७.८ एमएम सिल्म प्रोफाइल र १२० हर्ज रिफ्रेस रेट सहितको ठूलो ६.७ इन्चको एफएचडी प्लस सुपर एमोडल डिस्प्ले रहेको छ। यो लाइट ग्रिन, लाइट पिंक,कालो रङहरूमा मा उपलब्ध छ।

ए२७ फाइभजी ८जीबी/५१२ जीबि र्याम भएकाको मूल्य ६९ हजार ९९९ रहको छ। ६जीबी/१२८ जीबी र्याम भएकाको मूल्य ५५ हजार ९९९ रहेको छ।

सामसङले यस डिस्प्लेमा अपग्रेड गरिएको इन्फिनिटी–ओ पन्च–होल डिजाइन ल्याएको छ, जसले डिस्प्लेलाई अझ बढाउन क्यामराको क्षेत्रलाई कम गरेर सफा र अझ इमर्सिभ अनुभव प्रदान गर्दछ।

यसको ४ एनएम स्न्यापड्रागन ६ जेन मोबाइल प्लेटफर्मको साथ, यो डिभाइस एपहरू स्विच गर्ने, भिडियोहरू स्ट्रिम गर्ने र एआइ एप्लिकेसनहरू चलाउने प्रयोगकर्ताहरूका लागि भरपर्दो कार्यसम्पादन प्रदान गर्न इन्जिनियर गरिएको कम्पनीको दावी छ।

यस फोनमा भ्वाइस ट्रान्सक्रिप्सन सुविधा पनि छ, जुन विशेष गरी विद्यार्थी, व्यवसायी र मिटिङका नोटहरू, लेक्चर वा कुराकानीहरू बढी प्रभावकारी रूपमा रेकर्ड गर्न चाहने प्रयोगकर्ताहरूका लागि उपयोगी छ। ग्यालेक्सी ए२७ ५जीले गुगल जेमिनी र पर्प्लेक्सिटी लगायतका एआइ असिस्टेन्टहरू पनि सपोर्ट गर्दछ, जसको ग्यालेरी जस्ता नेटिभ ग्यालेक्सी एपहरूमा गहिरो इन्टीग्रेसन छ।

नयाँ फोनमा अपग्रेड गर्ने प्रक्रियालाई अझ बढी फाइदाजनक बनाउन सामसङले पुराना फोनसँग साट्ने सुविधा, सहज मासिक किस्ताको विकल्प र १२० जीबीको एनसेल डाटा उपहार प्रदान गरिरहेको छ। यस विशेष अफर अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना फोन बुझाएर, पुराना फोनको मूल्याङ्कन रकमको अतिरिक्त थप ८,००० एक्सचेन्ज बोनस पाउन सक्नेछन्।

यसका साथै ग्राहकहरूले नयाँ ग्यालेक्सी ए२७ फाइभजी लाई मात्र १,५१९ प्रतिमहिनाको सहज २४ महिनाको किस्ता सुविधा र सुरुवाती भुक्तानी बिना नै खरिद गर्न सक्छन्। यो विशेष व्यवस्थाले ग्राहकहरूलाई आफ्नो मासिक किस्ता रकम आधा सम्म घटाउने अवसर दिन्छ।

प्रकाशित: ३१ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...