दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त, प्रेस काउन्सिलमा उमेश श्रेष्ठ

  • Technology Khabar | २९ असार २०८३, सोमबार
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त, प्रेस काउन्सिलमा उमेश श्रेष्ठ

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्।

यसैगरी सरकारले प्रेस काउन्सिलमा सालोक्य उपनामले चर्चित रहेका पत्रकार उमेश श्रेष्ठलाई अध्यक्ष नियुक्ति गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

गत साताको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्तिको निर्णय गरेको हो।

केहीबेरमा उनीहरु दुबैको शपथ सूचना तथा सञ्चार मन्त्रालयमा हुँदैछ। यसको लागि दुबैजना मन्त्रालय पुगिसकेको स्रोतले बतायो।

प्राधिकरण अध्यक्ष नियुक्त भएका घिमिरे प्राधिकरणमा लामो समयदेखि आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण शाखामा क्रियाशिल थिए। उनी प्राधिकरणको उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको भूमिकामा पनि रहेका थिए।

यसअघिका अध्यक्ष भुपेन्द्र भण्डारीलाई पदबाट हटाएसँगै घिमिरेलाई सरकारले निमित्तको जिम्मेबारी दिएको थियो।

प्रकाशित: २९ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • २९ असार २०८३, सोमबार