विशेष अदालतबाट सफाई पाएसँगै फर्किइन नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी

  • Technology Khabar | २९ असार २०८३, सोमबार
विशेष अदालतबाट सफाई पाएसँगै फर्किइन नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली भएकी छन्।

प्रबन्ध निर्देशक अर्यालमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्ण रूपमा सफाई पश्चात नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको -माननीय मन्त्रीस्तर) २०८३ असार २६ को निर्णयानुसार उनको निलम्बन फुकुवा भइ उहाँ टेलिकममा पुनर्बहाली भएकी हुन्।

पुनर्बहालीको क्रममा प्रबन्ध निर्देशक अर्यालले कम्पनीका कर्मचारीहरूलाई विशेष सम्बोधन गर्दै संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न डराउन नपर्ने बताइन।

साथै उनले विगतमा कर्मचारीहरूमाथि लागेको आरोप र भ्रमको बादल हटेर अन्ततः सत्य स्थापित भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई कुशल नेतृत्व र सहयोग प्रदान गर्ने सम्पूर्ण टिमप्रति हार्दिक धन्यवाद ज्ञापन गरिन्।

सम्बोधनकै क्रममा उनले कम्पनीमा प्रक्रियागत सुधारको आवश्यकता औँल्याउँदै आगामी दिनमा आन्तरिक मात्र नभई बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर कार्य गरिने र नेपाल सरकारको भावना एवं मार्गनिर्देशन अनुरूप अविचलित तथा सत्यनिष्ठ भई नेपाल टेलिकमको जनआस्था र बजारको साखलाई थप सुदृढ बनाइ कम्पनीको सेवालाई थप ग्राहकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

२०८३ असार २५ को फैसलामार्फत विशेष अदालतले नेपाल टेलिकमको ‘विलिङ सिस्टम अपग्रेड’ गर्ने कार्यमा भ्रष्टाचार गरेको आरोप लागेका सबैलाई सफाई दिएको हो।

अदालतले आज उक्त मुद्दामा सुनुवाई गर्दै प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालेनै सफाई पाउने फैसला गरेको थियो।

अदालतले यस प्रकरणमा कुनै बदनियत नदेखिएको ठहर गरेको थियो । न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सबै १८ जना प्रतिवादीलाई सफाइ दिएको हो।

२०८१ भदौ २१ मा नेपाल टेलिकमको पहाडी प्रबन्ध निर्देशकमा नियुक्त भएकी पहाडी अदालतमा मुद्दा दर्ता भएसँगै अन्य कर्मचारीसहित स्वतः निलम्बनमा परेकी थिइन् ।

उनी निलम्बन परेसँगै सरकारले सविना मास्केलाई निमित्तको जिम्मेबारी  दिएको थियो भने मास्केको अवकासपछि रिना डंगोलले निमित्तको जिम्मेबारी लिएकी थिईन्।

प्रकाशित: २९ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

आईफोन अल्ट्रा ब्याट्री क्षमता लीक

  • Technology Khabar
  • २९ असार २०८३, सोमबार