यातायात सेवा विभागको प्रणालीमा समस्या, लाइसेन्ससम्बद्ध अधिकांश सेवा अनिश्चितकालका लागि स्थगित

  • Technology Khabar | २९ असार २०८३, सोमबार
यातायात सेवा विभागको प्रणालीमा समस्या, लाइसेन्ससम्बद्ध अधिकांश सेवा अनिश्चितकालका लागि स्थगित

काठमाडौं ।

बागमती प्रदेश सरकारअन्तर्गत यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्यालय, एकान्तकुनाले ईडीएलभीआरएस प्रणालीमा आएको प्राविधिक समस्याका कारण अधिकांश सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै प्रणाली अवरुद्ध भएपछि लाइसेन्स वितरण, दुईपाङ्ग्रे सवारी साधनको ब्लुबुक नवीकरण तथा आजका लागि तय गरिएको लिखित परीक्षा तथासञ्चालन हुने वर्ग A/K र F/G को प्रयोगात्मक (ट्रायल) परीक्षा बाहेकका सबै सेवा तत्कालका लागि रोकिएको  जानकारी दिएको हो।

लाइसेन्स Licence License अनुमतिपत्र

कार्यालयले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै प्रणाली सञ्चालनमा आएपछि पुनः सेवा सुचारु गरिने जनाएको छ।

यातायात व्यवस्था कार्यालयले सेवाग्राहीलाई आवश्यक जानकारीका लागि कार्यालयबाट जारी हुने आगामी सूचनाहरूलाई ध्यान दिन पनि आग्रह गरेको छ।

प्रकाशित: २९ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार