काठमाडौं ।
एक चिनियाँ टिपस्टरले सामसङ ग्यालेक्सी जेड फ्लिप लाइनअपलाई कम्पनीले बन्द गर्न सक्ने खबर बाहिर ल्याएको छ। साथै ग्यालेक्सी जेड फ्लिप८ आफ्नो प्रकारको अन्तिम स्मार्टफोन हुने भएको छ।
यी अनुमानहरू पहिले नै सुनिएको भए तापनि आइस युनिभर्स जस्तो विश्वसनीय स्रोतहरूबाट भने यो जनाकारी पहिलो पटक आएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
सामसङको यो ठूलो निर्णय अलि बढी विश्वसनीय देखिएको उल्लेख गरिएको छ। बढ्दो र्याम मूल्यहरूले निर्माताहरूलाई आफ्नो स्मार्टफोनको लागि बढी शुल्क लिन बाध्य पार्नेछ।
उदाहरणका लागि हालैको मोटोरोला रेजर ७० र रेजर ७० अल्ट्रा ह्यान्डसेटहरू धेरै महँगो छन् र मोटोरोलाले कम्पोनेन्ट मूल्यका कारण मूल्य वृद्धि गरिएको बताएको छ।
पश्चिमी बजारहरूमा धेरै क्ल्यामशेल–शैली फोल्डेबल फोनहरू उपलब्ध छैनन्। ओप्पो, शाओमी, भिभो र अनरले यूरोपका साथै अमेरिकामा फ्लिप फोल्डेबलको बिक्री बन्द गरेका छन् वा चीन बाहिर कहिल्यै बिक्री गरेका छैनन्। त्यसैले त्यहाँ सामसङ र मोटोरोला आफ्नो पोर्टफोलियोमा फ्लिप फोल्डेबल भएका एक मात्र स्मार्टफोन निर्माताको रूपमा रहेको छन्।
प्रकाशित: २८ असार २०८३, आईतवार