ऊर्जा संकट समाधानका लागि काठमाडौं विश्वविद्यालयको ‘रिसेट २०२६’ सम्मेलन गर्दै

  • Technology Khabar | २६ असार २०८३, शुक्रबार
ऊर्जा संकट समाधानका लागि काठमाडौं विश्वविद्यालयको ‘रिसेट २०२६’ सम्मेलन गर्दै

काठमाडौं ।

नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य आकाशिएर सर्वसाधारणको भान्सा महँगो भइरहेका बेला काठमाडौं विश्वविद्यालयले देशलाई बढ्दो ऊर्जा संकटबाट जोगाउने उपायबारे बहस सुरु गरेको छ।

विश्वविद्यालयको ‘रिन्युएबल एण्ड सस्टेनेबल इनर्जी ल्याबोरेटरी’ ले आगामी डिसेम्बर २ र ३ तारिख (मंसिर १६–१७ गते) धुलिखेलस्थित मुख्य परिसरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ।

सम्मेलन केवल कोठाभित्र गरिने प्राज्ञिक गफ मात्र नभएर नेपालको खबौंको इन्धन आयात घटाउने र स्वदेशी फोहोर तथा प्राकृतिक स्रोतबाट बिजुली, बायोग्यास र ग्रीन हाइड्रोजन निकाल्ने व्यावहारिक योजनामा केन्द्रित हुने हाइब्रिड (भौतिक र अनलाइन) मञ्च हुनेछ।

‘स्वच्छ ऊर्जा पूर्वाधार निर्माण गर्नु आधा लडाइँ मात्र हो। बाँकी आधा काम यी प्राविधिक समाधानहरू आर्थिक रूपमा सम्भाव्य जनताले बुझ्ने र दीर्घकालसम्म टिक्ने खालका छन् भन्ने सुनिश्चित गर्नु हो’, प्रा. डा. सुनिलप्रसाद लोहनी भने।’

रिन्युएबल एण्ड सस्टेनेबल इनर्जी ल्याबोरेटरीका प्रमुख भन्छन्, ‘ठूला बायो–सीएनजी परियोजनाहरूमा गरिएका हालैका अध्ययनले सरकारी अनुदान पाएका आयोजना पनि कमजोर आपूर्ति श्रृंखलाका कारण क्षमताभन्दा निकै कम चलेको देखाएका छन्। यो संमेलन वैज्ञानिक, लगानीकर्ता र नीति निर्मातालाई एउटै टेबलमा राखेर बजार(मुखी समाधान तयार गर्न आयोजना गर्न लागिएको हो।’

विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार नेपालमा ठूला(ठूला बायोग्यास र स्वच्छ ऊर्जाका आयोजनाहरू कागजमा राम्रा देखिए पनि मैदानमा अपेक्षाकृत सफल हुन सकेका छैनन्।

धेरैजसो प्लान्टहरू क्षमताको ३० प्रतिशत पनि चल्न नसक्नुको मुख्य कारण प्राविधिक खराबी नभएर उद्योगी, बैंक र फोहोर जम्मा गर्ने सह नीतिगत पूर्वाधार र बजारको अभाव हुनु हो। यही समस्या सुल्झाउन सम्मेलनले विज्ञान (अनुसन्धानकर्ता), पुँजी (बैंक तथा लगानीकर्ता) र सरकार (नीति निर्माता) लाई एउटै टेबलमा राख्नेछ।

सम्मेलनका अन्तर्क्रियात्मक सत्रहरू स्वच्छ ऊर्जा रूपान्तरण र जलवायु कार्यमा बाधा पुऱ्याइरहेका मुख्य वित्तीय र नीतिगत अवरोधहरू हटाउन केन्द्रित हुनेछन्।

प्रकाशित: २६ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार