एन्ड्रोयड स्मार्टफोन ह्याक गर्ने नयाँ मालवेयर ‘भाइसलीकर’ भेटियो, संवेदनशील जानकारी चोर्ने

Technology Khabar १४ असार २०७६, शनिबार

काठमाडौं ।

काठमाडौं । एन्ड्रोयड स्मार्टफोन स्पाई गर्ने नयाँ मालवेयर पत्ता लागेको छ । साइबर सेक्यूरिटी फर्म कास्पर्स्कीकाअनुसार नयाँ मालवेयर भाइसलीकर(ViceLeaker) ले एन्ड्रोयड स्मार्टफोनलाई आफ्नो टार्गेट बनाईरहेको छ ।

यो मालवेयरमार्फत ह्याकरहरुले एन्ड्रोयड स्मार्टफोनबाट डाटा चोरीरहेको भेटिएको छ ।

यो मालवेयर सन् २०१६ देखि निस्क्रिय रहेको थियो, तर अब भने ससक्तरुपमा आएको छ । रिसर्चरहरुकाअनुसार यो एक ह्याकर्स ग्रुपद्धारा तयार गरिएको मोबाइल स्पाईंग क्याम्पेन हो जसलाई भाइसलीक मालवेयरको मार्फत चलाईरहेको छ ।

रिपोर्टअनुसार भाइसलीकरद्धारा ह्याकरहरुको यो ग्रुपले इजरायल र मिडिल ईस्टको एन्ड्रोयड यूजर्सलाई आफ्नो टार्गेट बनाईरहेको छ । तर यो मालवेयर विश्वभर गईरहेको छ ।

कास्पर्स्कीकाअनुसार भाइसलीकर क्याम्पेन ट्राइआउट मालवेयरलाई युटिलाइज गर्दछ र यसलाई साइबर सेक्यूरिटी फर्मका अनुसन्धानकर्ताहरुले पहिलो पटक मे २०१८ मा पत्ता लगाएका थिए । यो मालवेयरको बारेमा अर्को साइबर सेक्यूरिटी बिटडिफेण्डरले पनि उल्लेख गरेको छ ।

यसले विशेषगरि इजरालयका दर्जनौं स्मार्टफोनहरुलाई निशाना बनाएको अनुसन्धानमा पत्ता लागेको थियो ।

यो मालवेयरलाई स्मार्टफोनबाट संवेदनशील डाटा कलेक्सन गर्नको लागि डिजाइन गरिएको हो । यो मालवेयर स्मार्टफोन्सको कल रेकर्डिंग, भिडियोहरु, फोटो, टेक्स्ट म्यासेजलगायत लोकेशन डाटा जस्तो संवेदनशील जानकारीहरु चोर्नसक्दछ र त्यो पनि यूजर्सलाई अलर्ट नगरीकन नै ।

भाइसलीकर मालवेयरको गंभिर विषय भनेको यसमा ब्याकडोर क्षमता पनि छ , जस्तो मालवेयर फाइल्सलाई अपलोड, डिलीट र डाउनलोड गर्न सक्दछ । क्यामरालाई नियन्त्रण गर्न सक्दछ र कलहरु र म्यासेज पनि गर्न सक्दछ ।

कास्पर्स्कीले यो मालवेयरमार्फत ह्याकरहरुको ग्रुप सन् २०१८ मा भएका ठूला ह्याकिंगको घट्नामा संलग्न भएको वा नभएको बारेमा अनुसन्धान गरिरहेको उल्लेख गरेको छ । एजेन्सी

प्रकाशित: १४ असार २०७६, शनिबार

तपाइको प्रतिक्रिया