काठमाडौं ।
ग्यालेक्सी एस२७ प्रो र ग्यालेक्सी एस२७ अल्ट्राको विशेष गरी सेल्फी क्यामराको बारेमा एउटा नयाँ हल्ला बाहिरिएको छ। त्यसैगरी सम्पूर्ण ग्यालेक्सी एस२७ परिवारमा ग्यालेक्सी एस२६ अल्ट्रामा डेब्यू गरेको प्राइभेसी डिस्प्ले सुविधा रहने हल्ला पनि सुन्नमा आएको छ।
यो सेल्फी क्यामरा कथित रूपमा नयाँ १६ मेगापिक्सेलको हुनेछ। साथै यो जानकारीको स्रोतले यो वर्गाकार सेन्सर हुन सक्ने अनुमान गरेको छ। यो नयाँ सेल्फी क्यामराले एप्पलले आईफोन १७ सिरिजमा गरेको कामको अनुकरण गर्ने बताइएको छ र अहिलेको लागि यो केवल अनुमान मात्र भएको उल्लेख गरिएको छ। त्यसैगरी एस२७ र एस२७प्लसले पनि नयाँ सेन्सर पाउने कुरालाई पूर्ण रूपमा अस्वीकार नगरिएको भए तापनि यो कुरा अझै स्पष्ट नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
एस२७ प्रो र एस२७ अल्ट्रामा ५० मेगापिक्सेलको टेलिफोटो क्यामरा र ५० मेगापिक्सेलको अल्ट्रावाइड पनि समावेश गरिने भनिएको छ। त्यसैगरी एस२७ प्रो २०२७ मा एस पेन बिना एस२७ अल्ट्राको सानो संस्करणको रूपमा परिवारमा सामेल हुनेछ।
प्रकाशित: २० असार २०८३, शनिबार