सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना र गोरखापत्र संस्थानमा रावल नियुक्त

  • Technology Khabar | १८ असार २०८३, बिहीबार
सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना र गोरखापत्र संस्थानमा रावल नियुक्त
काभ्रेपलाञ्चोक, ४ वैशाखः सुरक्षण मुद्रण केन्द्रको भवन काभ्रेपलाञ्चोकको पनैती नगरपालिका-५ मा निर्माण भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुरक्षण मुद्रण केन्द्रको भवन । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं ।

सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना (मोरङ) र गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल (कैलाली) लाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा ढुंगानानै कार्यरत रहेका थिए। उनलाई तत्कालिन सरकारले २०८१ मंसिर २८ गते नियुक्त गरेको थियो।

वर्तमान सरकारले उनीसहितका करिब १५ सय राजनीतिक नियुक्तिलाई अध्यादेशमार्फत पदमुक्त गरेसँग केन्द्रमा उक्त पद रिक्त थियो।

अहिले फेरी सरकारले प्रतिस्पर्धाको आधारमा उनै ढुंगानालाई कार्यकारी निर्देशकमा नियुक्ति दिएको हो।

प्रकाशित: १८ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार