सामसङले आधिकारिक रूपमा आफ्नो वाइड–स्क्रिन ग्यालेक्सी जेड फोल्ड८ को टिजरहरू साझा गर्यो

  • Technology Khabar | १८ असार २०८३, बिहीबार
सामसङले आधिकारिक रूपमा आफ्नो वाइड–स्क्रिन ग्यालेक्सी जेड फोल्ड८ को टिजरहरू साझा गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

महिनौंको लीक र हल्लापछि सामसङले अन्ततः ग्यालेक्सी जेड फोल्ड८ भनिने अपेक्षा गरिएको आफ्नो आगामी वाइड–स्क्रिन फोल्डेबलको टिजरहरू सार्वजनिक गर्न थालेको छ। अर्को पुस्ताको ग्यालेक्सी जेड फोल्डेबलहरु जुलाई २२ मा अनावरण हुने हल्ला चलिरहेको छ।

कम्पनीले आफ्नो सामाजिक सञ्जाल च्यानलहरूमा ६ ओटा रहस्यमय टिजरहरू साझा गरेको छ। उक्त टिजरहरूले डिभाइसको नाम स्पष्ट रूपमा खुलासा नगरी वाइड–स्क्रिन फोल्डेबलको पहिलो आधिकारिक संकेतहरू प्रदान गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

डिभाइसको नामको खुलासा नगरे पनि टिजरहरूले दृश्यहरू र सन्देशको साथ बारम्बार वाइड फर्म फ्याक्टरको उल्लेख गरको छन्। सामसङले “ए न्यू शेप” र “ए बोल्ड स्ट्रोक” जस्ता वाक्यांशहरू पनि प्रयोग गरेको बताइएको छ भने त्यसले अफवाहित ग्यालेक्सी जेड फोल्ड८ को पुनः डिजाइन गरिएको वाइडर आस्पेक्ट रेसियोलाई संकेत गर्दछ।

सामसङको ग्यालेक्सी जेड फोल्ड८, ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा र ग्यालेक्सी जेड फ्लिप८ सँगसँगै आधिकारिक रूपमा डेब्यू हुने अपेक्षा गरिएको छ।

सामसङको आधिकारिक युट्युब च्यानल र इन्स्टाग्राम पृष्ठमा सबै ६ ओटा टिजर भिडियोहरू हेर्न सकिने छ।

साथै सामसङका दुई ओटा टिजर भिडियोहरू तल छन्।

 

 

प्रकाशित: १८ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...