काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डिनको कार्यालय कीर्तिपुरले स्नातकोत्तर स्नातक तथा अधिस्नातक तहका शैक्षिक कार्यक्रमअन्तर्गत एमए/पीजीडी प्रथम तथा बीसीए पाँचौं तथा आठौं सेमेस्टरको अनलाइन परीक्षा फाराम भर्ने म्याद थप गरेको जनाएको छ।
डिनको कार्यालयले हालै जारी गरेको सूचनाअनुसार यसअघि प्रकाशित सूचनाबमोजिम नियमित तथा आंशिक सत्रान्त परीक्षाका लागि २०८३ असार १६ गतेसम्म अनलाइन परीक्षा फाराम भर्ने समयावधि तोकिएको थियो।
तर समयावधिभित्र बेला–बेलामा प्राविधिक समस्या उत्पन्न भई अनलाइन परीक्षा फाराम भर्न असुविधा भएको भन्ने गुनासोलाई ध्यानमा राख्दै उक्त म्याद २०८३ असार २५ गतेसम्म थप गरिएको कार्यालयले जनाएको छ।
यस्तै दोब्बर दस्तुरसहित फाराम भर्ने समयावधि २०८३ असार ३१ गतेसम्म कायम गरिएको सूचनामा उल्लेख छ। अन्य व्यवस्था भने यसअघि प्रकाशित सूचनाबमोजिम यथावत रहने डिनको कार्यालयले स्पष्ट पारेको छ।
प्रकाशित: १७ असार २०८३, बुधबार