काठमाडौं ।
जिल्ला अदालतल काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका तत्कालीन सम्पादक सरोज मिश्रलाई चार महिना कैद हुने फैसला गरेको छ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैदका साथै रु एक हजार जरिवाना र रु दुई लाख ५० हजार क्षतिपूर्ति माग गर्ने फैसला गरेको हो।
अदालतले हालै सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा तत्कालीन सम्पादकसहित राजधानी दैनिक पत्रिकालाई पनि रु दुई लाख ५० हजार क्षतिपूर्ति माग गर्ने आदेश गरेको छ।
राजधानी दैनिकले २०८० साल साउन ६ गते प्रकाशन गरेको ‘सेनाका कानुनतर्फका तीन कर्नेलको मनपरी’ विषयक समाचारले चरित्रहत्या गरेको भन्दै शोभा कार्कीले गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेकी थिइन्। उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले उक्त फैसला गरेको हो । रासस
प्रकाशित: १७ असार २०८३, बुधबार